• Recent

    एमएनओ-डा.गोपाल गुरुङ संगठनका १६ जना नेता कार्यकर्ता प्रकाउ पश्चात् बिना शर्त रिहा

    जगत ठाडा मंगोल/काठमाण्डौ
    २०७२ असोज ३ गते जारी भएको संविधानलाई लिएर मंगोल नेशनल अर्गनाइजेशन–डा.गोपाल गुरुङले संविधान दिवसको दिन आज बिरोध सभा गर्ने क्रममा काठमाडौको शान्ति बाटिका बाट संगठनका केन्द्रीय सचिब लोक तामाङ,केन्द्रीय अनुशासन प्रमुख शक्ति चाम्लिङ राई सहित १६ जना नेता कार्यकर्तालाइ दरबारमार्ग बृत प्रहरीले पक्राउ गरेको छ।
    MNO डा.गोपाल गुरुङ संगठनको केन्द्रिय कोषाध्यक्ष दिनेश बान्तावाले शान्ति पुर्ण तरिकाले लोकतन्त्र मुल्यमान्यतालाइ आत्मा साथ गर्दै ८० प्रतिशत मुलबासी मंगोलको अस्तित्व र संबिधानमा मुलबासी मंगोल शब्द माग्दा राज्यले बारुद माथी बसेर सलाइ कोर्ने प्रयास गर्छ भने राज्यलाई ठुलै क्षति ब्यहोर्न तयार हुन चुनौती दिएको छ। 

    त्यसै गरि देशको विभिन्न जिल्लामा बिरोध कार्यक्रम शान्ति पुर्ण तरिकाले सम्पन्न भएको जानकारी केन्द्रीय संचार प्रमुख जीवन मंगोलले बताउनु भएको छ।
    झण्डै ८० प्रतिशत मुलबासी मंगोलको साझा घर मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ केन्द्रिय सभा काठमाडौले राज्य बाट पक्राउ परेको नेता कार्यकर्ताको बिना शर्त रिहाइको माग गर्दै  हिरासत भित्र र बाहिर रहेको कार्यकर्ताहरुको शान्ति पुर्ण दबाबको नाराले दरबारमार्ग प्रहरी बृत मै हाङ्गमा भएको थियो।अन्तमा सात घन्टा पछाडि प्रशासनले घुडा टेकेर बिना शर्त रिहा गरेेेेको छ ।

    Loading...