• Recent

    बृद्धभत्ता बढाउन पुरक वजेटको छलफल चल्दै बढ्ला त बृद्द भत्ता ?

    भदौ २५
    सरकारले पुरक वजेट ल्याउन छलफल गरेको छ ।  बृद्धभत्ता नबढाएपछि चर्काे जनगुनासो बढेको भन्दै बृद्धभत्ता बढाउनकै लागि पनि पुरक वजेट ल्याउने गरी छलफल भएको हो ।

     वजेटका सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले छलफल गरेका हुन् । अध्यक्ष प्रचण्डले जिल्लाजिल्लामा पुग्दा वजेटमा बृद्धाभत्ता नबढाएकोमा सारै बिरोध भयो भन्ने गुनासो आएकोले त्यसलाई सम्बोधन गर्नका लागि छलफल भएको बताएका छन् ।
    पुरक वजेटबारेको छलफल पुरानै भएको भन्दै प्रचण्डले जनगुनासो सम्बोधन गर्ने विकल्पका रूपमा ल्याउने गरी छलफल भएको जानकारी दिए । ‘म देशभरमा सबै ठाउँमा जाँदा जुन जनगुनासो छ ।

    पुरक वजेट जरुरी ठानिए सरकारले ल्याउन सक्ने अध्यक्ष प्रचण्डको भनाइ छ । ‘जरुरी पर्‍यो भने पुरक वजेट ल्याउन पर्छ भनिएको हो,’ उनले भने, ‘निर्णय भएको छैन । यो त सरकारको संबैधानिक, राजनीतिक कानुनी सबै अधिकार छदैछ ।
    ’ सरकारले यसपटकको वजेटमा बृद्धभत्ता नबढाएपछि प्रतिपक्ष र जनस्तरबाट व्यापक बिरोध र गुनासो भएको थियो । तर, तत्कालीन वाम गठबन्धनले चुनावमा बृद्धभत्ता बढाउने भन्दै भोट मागेको थियो ।

    Loading...