• Recent

    ३३ किलो सुन काण्डका एसएसपि साहाप अदालतको अादेशमा रिहा

    भदौ २९ 
    सनम शाक्य हत्या अनि ३३ किलो  सुन काण्डमा मुछिएका आरोपमा जिल्ला अदालत मोरङबाट पुर्पक्षको लागि जेल चलान भएका एसएसपी दिवेश लोहनीलाई उच्च अदालत मोरङले तारेखमा छाडेको छ ।
    सुन तस्करीमा संलग्न दिबेश लोहनीकाे सनम शाक्य हत्यासँग  तथा सुनको चोरी पैठारी तथा निकासीमा संलग्नता रहेको भन्दै जिल्ला अदालतले पुर्पक्षको लागि कारागार झुम्का पाठाएकोमा उच्च अदालत मोरङले उनलाई तारेखमा छाड्ने आदेश दिएको हो ।

     सुनुवाईसँगै अब  उच्च अदालतबाट प्रहरी अधिकारीको पक्षमा निर्णय आउन थालेको बताउन थालिएको छ ।
    उच्च अदालतका शाखा अधिकृत राजप्रसाद दाहालले लोहनीलाई सादा तारेखमा छाड्ने आदेश भएको जानकारी दिँदै उआजैदेखि रिहाई हुने बताउनुभयाे ।
    २०७५ साल जेठ ८ गते जिल्ला अदालतको आदेशलाई पुनरावलोकन गर्न माग गर्दै लोहनी मुलुकी ऐनको अदालती बन्दोबस्ती महलको १७ नम्बर अनुसार उच्च अदालतमा आफू निर्दोष रहेको दावी गर्दै निवेदन दिएका थिए ।
    लोहनीले जिल्ला अदालत मोरङले बेरितको आदेश गरेकाले बदर गरी पाउँ भनी हालेकाे निवेदनमा उच्च अदालतको यस्तो आदेश आएको हो ।  आदेशमा प्रतिवादी लोहनीको हकमा आरोप, कसुर र सजाय एवं तत्काल संलग्न मिसिल र प्रमाणको रोहमा मिलेको नदेखिँदा निजको हकमा अदालती बन्दोबस्तको ४७ नम्बर बमोजिम तारेखमा राखी मुद्दा किनारा गर्न जिल्ला अदालत मोरङलाई आदेश दिएको छ ।