• Recent

    चितवन मगर सॉंस्कृतिक संघका सदस्य अनिसा रानाको बसको ठक्करबाट निधन । घटना प्रति प्रहरीको आलटाल

    अशोज ३   
     मगर सॉंस्कृतिक संघ चितवनका सक्रिय सदस्य अनिसा राना मगरको  दुर्घटना परि निधन भएको छ ।
     असोज १ गते सोमबारको दिन 28 बर्षीय अनिसा राना मगर आफ्नो स्कुटरमा सवार भई नारायणगढ हिनेकी थिईन ।

    करिब सॉंझ 06:45 बजे गैंडाकोटबाट मेन रोड निस्किने क्रममा महेन्द्रनगरबाट काठमान्डौं आउदै गरेको ना.५.ख ४३१३ नम्बरको बसले ठक्कर दिदॉं अनिसा राना मगर गम्भीर घाईते भएकी थिईन । 

    तत्कालै भरतपुरको सि.एम.सी हस्पिटलमा लगिएका उनको उपचारको क्रममा उनको मृत्यु भएको हो । उक्त बस र चालकलाई गैंडाकोट प्रहरी कार्यलयले नियन्त्रणमा लिए पनि घटनाको बिस्तृत अनुसन्धान र आवश्यक कारबाही गर्न प्रहरीले आलटाल गरेको भन्दै आज दिउसो मृतक परिवार सहित स्थानियबासिहरू र  चितवन मगर सॉंस्कृतिक संघका पदाधिकारीहरुले आक्रोस ब्यक्त गर्दै आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
    घटना भएको यति दिन बितिसक्दा पनि प्रहरीले बस संचालक पक्षलाई भेट्न नदिई दिनभरी कुराएर अलमलाएको भन्दै  असोज ३ गते  नेपाल मगर सॉंस्कृतिक संघ चितवनका ब्यक्तिहरु लगाएत सम्पुर्ण आफन्तजनहरु, स्थानिय बुद्धिजिवीहरु गौंडाकोट प्रहरी कार्यलयमा उपस्तित भई कडा रुपमा दबाब दिने नेपाल सॉंस्कृति संघ चितवनका सह-सचिब भतिसारा राना मगरले जानकारी दिनुभयो ।     

    अनिशाको शबलाई भरतपुर सरकारी अस्पतालमा पोष्टमार्टमको लागी लगिए पनि मृतक का परिवारले छ्यतिपुर्ती नपाए सम्म शबको पोष्टमार्टम र दाहासंकार नगर्ने बताएका छन ।