• Recent

    कार्तिक १४ देखी १७ सम्म बिरकोट कर्नेडाँडा पाल्पामा मेला हुँदै

    छवि राना  मगर (मास्की) 
    म्याक्सन टिभि नेपाल , असोज १५ । 
    संघिय नेपालको प्रदेश नं ५ पाल्पा जिल्ला पुर्बखोला गाउपालिका अबस्थित बिरकोट कर्नेडाडामा बृहत् मेेेेला कार्यक्रम हुनेे भएको छ । 

    आगामी कार्तिक १४ देखि १७ गतेसम्म सञ्चालन हुने उक्त मेला  जन्मभूमि युवा क्लवको २५ अौ वार्षिकोत्सब तथा बडा दशैं एवं शुभ दिपावलीको पावन अवसरमा " रजतजयन्ती समारोह तथा सांस्कृतिक पर्यटन मेलामा सहभागी बनौं भने मुल नाराका साथ अायोजना गर्न लागिएको संयोजक अमृत काम्मुु मगरले जानकारी दिनु भयो । 

    कार्यक्रममा गायक जीवन शर्मा,  देवी घर्ती मगर , रामजि खाँण, बसन्ती थापा मगर, मेक सारु मगर,  नेत्र पुन मगर, कल्पना थापा, मिना झेडि मगर  सालैजो किङ्ग राजु गुरुङ  हास्य कलाकार पुरुषोत्तम भण्डारी पुर्खेबा लगायत का ख्याति प्राप्त कलाकारहरूको विशेष प्रस्तुति रहनेछ । साथमा थुप्रै अन्य स्थानिय कलाकारहरुको प्रस्तुती तथा मौलिक सांस्कृतिक कार्यक्रमहरु पनि कार्यक्रमको अाकर्षण रहेकाछन  । 

    मेलाका अन्य अाकर्षणहरू 
    १) खुल्ला पुरुष भलिवल प्रतियोगिता 
    दर्ता मिती-कार्तिक १३ गतेसम्म 
    खेल शुरु-कार्तिक १४ गतेदेखि 
    दर्ता शुल्क-रु. २,२००/-
    पुरस्कारहरु-
    प्रथम-रु. ३५,०००/-,मेडल
    दोस्रो-रु. २०,०००/-,मेडल
    तेस्रो-रु. १२,०००/-,मेडल

    २) क्लवस्तरिय सालैजो/कौरा नृत्य प्रतियोगिता 
    दर्ता मिती-कार्तिक १४ गतेसम्म 
    प्रतियोगिता मिति-कार्तिक १६ र १७ गते 
    दर्ता शुल्क-रु. २००/-
    पुरस्कारहरु-आकर्षक नगद पुरस्कार 

    ३)बृहत् सांस्कृतिक कार्यक्रम तथा रजतजयन्ती समारोह 
    मिती- २०७५ कार्तिक १६ र १७ गते
    समय-प्रत्येक दिन बिहान १० बजेदेखि साँझ ७ बजेसम्म ।

    अन्य जानकारीको लागि सम्पर्क : 
    कार्यक्रम संयोजक-अमृत काम्मु मगर ९८४७१७८७३४
    कला/प्रतिभा संयोजन-मेक सारु मगर ९८६७३९५५९६
    आर्थिक संयोजन-ओम बारघरे मगर ९८०३५५१६७२
    कार्यक्रम सहजकर्ता-हुमन काम्मु  मगर ९८५७०३६०४६
    अध्यक्ष-दिक बारघरे मगर 
    a
    Loading...