मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठन तिब्र बिस्तार


जगत ठाडा मंगोल/
असोज १२
मंगोल नेशनल अर्गनाइजेशल-डा.गोपाल गुरुङ संगठनले आज मोरङ जिल्लामा एक दिने प्रशिक्षण कार्यक्रम गरि एकै दिन दुई संगठन बिस्तार गरिएको छ

उक्त प्रशिक्षण कार्यक्रममा केन्द्रिय प्रखर नेताहरु दिनेश बान्तवा,शक्ति चाम्लिङ राई,अमित याक्खा र अडिल खम्बुले प्रशिक्षण दिनु भएको थियो।टेकबहादुर तामाङको अध्यक्षतामा १८ जना जिल्ला सभा मोरङ र रजिन राईको अध्यक्षतामा १६ जना मंगोल युबा सभा गठन गरिएको छ।
कार्यक्रममा प्रमुख अतिथी केन्द्रिय सर्बोच्च सभाका केन्द्रिय कोषाध्यक्ष दिनेश बान्तावा,बिशिस्ट अतिथी केन्द्रिय सर्बोच्च सभाका केन्द्रिय सदस्य तथा केन्द्रीय अनुशासन बिभाग प्रमुख शक्ति चाम्लिङ राई,भातृसंगठनका केन्द्रिय युबा संयोजक अमित याक्खा,मंगोल विद्यार्थी संगठनका केन्द्रिय संयोजक अडिल खम्बु,
केन्द्रीय सदस्यहरु केबि लिम्बु,फजिल मंसुरी र सुनसरी जिल्लाका बरिस्ठ ब्याक्तित्वहरुको उपस्थिति रहेको थियो।कार्यक्रम टेकबहादुर तामाङ्को सभापतित्वमा सुनसरी नारी सभाका सचिब सर्मिला राईको संचालनमा भएको थियो।
कार्यक्रम मोरङ जिल्लाको पुरानो बेलबारीको बुद्ध गुम्बाको सभा हलमा भएको थियो। a