• Recent

    निर्मला हत्याकाण्डः ‘भजाइनल स्वाब’ सक्कली हो त ?

    15 असोज,
    बलात्कारपछि हत्या गरिएकी  निर्मला पन्तको शवबाट संकलन गरिएको ‘भजाइनल स्वाब’ माथि नै प्रश्न उठ्न थालेको छ । निर्मलाका आमा दुर्गादेवी र बुबा यज्ञराज समेतले ‘भजाइनल स्वाब’ निर्मलाकै भएको पहिले पुष्टि गरिनुपर्ने माग गरेका छन् ।  
    निर्मलाको शवबाट संकलित भनिएको ‘भजाइनल स्वाब’ लाई यस घटनाको एक मात्र प्रमाणका रुपमा लिइएको छ । यसबाट प्राप्त डीएनएलाई प्रहरीले अभियुक्तका रुपमा सार्वजनिक गरेका दिलिपसिंह विष्टको डीएनएसँग टेस्ट गर्दा नेगेटिभ रिजल्ट आएपछि उनी साधारण तारेखमा छुटेका छन् ।

    यसैगरी विवादमा मुछिएका निलम्बित एसपी डिल्लीराज विष्ट, उनका छोरा किरण र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डीएनए पनि मेल खाएन ।
    बिष्टमाथि घटनाका अन्य प्रमाणहरु नष्ट गरेको आरोप लागेको छ भने किरण र आयुषमाथि स्थानीयबासीले सुरुदेखि नै शंका गर्दै छानविनको माग गरेका थिए । तर, केन्द्रीय विधिविज्ञान प्रयोगशालामा गरिएको टेष्टमा डिल्लीराज, किरण र आयुषको डीएनए म्याच नभएपछि अनुसन्धान थप जटिल बनेको छ ।
    निर्मलाको भजाइनल स्वाबमाथि दुईवटा प्रश्न उठाउन सकिन्छ । पहिलो घटनाका सबै प्रमाण नष्ट गर्ने प्रहरीले राखेको ‘भजाइनल स्वाब’ सक्कली नै हो त ? दोस्रो, सक्कली नै हो भने पनि के यसलाई उचित तवरले संरक्षण गरेर राखिएको थियो ? 
    निर्मला पन्तको भेजिनल स्वाब संकलन गर्दा परिवारका सदस्यहरुले सहीछाप गरेको वा स्थानीय जनप्रतिनिधिहरु रोहबरमा बसेको सूचना अहिलेसम्म बाहिर आएको छैन । स्वाब शीलबन्दी गर्दा रोहबरमा हस्ताक्षर गर्नेहरु कोको थिए भन्ने कञ्चनपुर प्रहरीले अहिलेसम्म गुपचुप राखेको छ ।
    Loading...