• Recent

    डाक्टरहरूकाे अान्दाेलन नेपालका सबै अस्पताल बन्द, बिरामीहरूकाे बिचल्ली

    १७ भदौ, २०७५ ।

    नेपाल चिकित्सक संघले आज नेपाल अधिराज्यभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेको छ । डाक्टरहरुले आजै नेपाल मेडिकल काउन्सीलमा लाइसेन्स फिर्ता गर्ने कार्यक्रम पनि राखेका छन् ।

    मुलुकी अपराध संहिता संशोधनको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् । संघका वरिष्ठ उपाध्यक्ष ढुण्डीराज पौडेलका अनुसार , ‘सरकारले कुरा नसुनेपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपर्‍यो ।’ उनका अनुसार मुलुकी अपराध संहिता संशोधनको माग गर्दै आइतबार बिहान १० बजे माइतीघर मण्डलामा प्रदर्शन गर्ने र १२ बजेपछि काउन्सीललाई गएर आ-आफ्नो लाइसेन्स फिर्ता गर्ने कार्यक्रम रहेकाे  छ ।

    भदौ एक गतेदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहितामा उपचारका क्रममा डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएमा वा अंगभंग भएमा पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवानाको व्यवस्था संशोधनको माग चिकित्सकहरुले राख्दै आएका छन् ।


      उता  डाक्टरहरले उपचार नगर्ने भएपछी अधीकांश अस्पतालमा  बिरामीहरू अलपत्र परेका छन, हिजाे शनिबार बन्द रहेकाे अस्पतालहरू अाइतबार त खुल्ला भनी उपचारका लागी गएका बिरामीहरू निराश हुदै घर फर्रकीएका छन , अस्पतालले इमरजेन्सी सेवा भने दीइरहेका छन  ।