• Recent

    MNO.डा.गोपाल गुरुङ यस कारण जन्म्यो


    जगत ठाडा मंगोल, 
    आदरणीय ८० प्रतिशत अहिन्दु मुलबासी मंगोल जनसमुदाय,MNO डा.गोपाल गुरुङ संगठनका सस्थापक सदस्यहरु अग्रज सहकर्मी केन्द्रीय सदस्य साथिहरु,विभिन्न जिल्ला सभा,भातृसंगठन मंगोल युवा सभा,मंगोल मजदुर सभा,मंगोल नारी सभा,मंगोल भुपु सैनिक सभा,मंगोल विद्यार्थी सभा,मंगोल सास्कृतिक सभा,विभिन्न देशका प्रबास सभाका साथिहरु र संसार भरी छरिएर रहेको मंगोल समर्थक बर्गमा म मेरो ब्यक्तिगत र केन्द्रिय सर्बोच्च सभा काठमाडौको तर्फ बाट स्विकार्नुस न्यानो क्रान्तिकारी जय मंगोलको स्यालुट।
    आज मैले सत्य कुरा दुखको साथ तपाइहरु माझ भन्न पर्ने हुन्छ। किन कि अझै पनि हाम्रो मंगोल समुदायलाइ भ्रममा पार्दै आफुलाइ शक्तिसाली युबा नेता र एजुकेटेट प्रखर भनेर चिनाउने नेता र कार्यबाहक प्रेसिडेन्ट बुद्धलाल मेचे स्वंमको  गुठबन्दी र ठूलो षड्यन्त्रले आज मंगोल संगठन माथी ठुलो  बिश्वास र भरोसा गर्नेहरु माथी ठुलो आघात पुर्याएको छ।अब मंगोल प्रेमि जनताले बुझ्न पर्बे जरुरी छ।संगठन प्रमुख मेचेले आफै संगठनलाई धोस्ट पार्ने संगठनमा गुठ्बन्दी गर्ने प्रमाण बाहिर आएको छ।बिगत केही बर्ष अगाडि नै संगठनका हरेक गोप्य कुरा बाहिर ल्याउने र संगठनलाइ फुटाउने सम्मको ठूलो हात रहेको रिन्छेन दोर्जे तामाङ,हाल अमेरिकामा बसोबास गर्दै आएका अरुण राज गुरुङ र कार्यबाहक प्रेसिडेन्ट बुद्धलाल मेचेको डिजाइन रहेको सत्य प्रमाण म संग सुरक्षीत छ।आम मंगोल जनताको चहाना भए जस्ताको तस्तै समाजिक संजालमा ल्याउन तयार छु।

    गत स्थानीय चुनाब प्रदेश र प्रतिनिधि सभा चुनाब अगाडि नै MNO भित्र ठूलो भुकम्प आइसकेको थियोे।मेचे पक्षका गुठबन्दीका प्रमुख योजनाकारहरुले आफ्नो सत्यता बाहिर आउने डर ले सत्य र सिद्धान्तनिष्ठ अडिग नेताहरुलाई ब्यक्तिगत चरित्र हत्या गर्ने र राईबादको आरोप लगाएर कार्यकर्ताहरुको हमला बाट जोगिन र सत्य कुरा लुकाउन मेचे,रिन्छेन र अरुण राज गुरुङले फेसबुक च्याट म्यासेन्जर कल जस्ता संजालमा ठुलो षड्यन्त्र गरेको प्रस्ट छ।अन्तमा तीन तहको चुनाबी समीक्षा बैठक काठमाडौमा आह्वान गरियो।चुनाबी समीक्षा बैठक अगाडि नै ती तीन प्रमुख षड्यन्त्रकारीहरुले गुठबन्दीको जालो बुनिसकेको सत्यता प्रस्ट छ।रिन्छेन दोर्जे तामाङको बास्ताबिकता ईतिहास त काफी नै छ।जसले आफू संग जुत्ताको माला लगाइ दिने हिक्मत छ भन्दै अन्तर्बार्तामा भुकेको सबैलाई जानकारी भएकै हो।रिन्छेनको राजनीति गुरु त डा.गोपाल गुरुङ नभएर जो अमेरिकामा बसेर संगठन धोस्ट गर्ने षड्यन्त्र बनाउने अरुणराज गुरुङ हो।जसको निर्देशनमा संगठन भित्रको हरेक गोप्य कुरा बाहिर लगेको तटस्थ प्रमाणमा संगठनले कार्बाही गरेको ब्यक्ति रिन्छेन दोर्जे।अहिले सम्मको हरेक सभामा अरुणराज गुरुङको भाषण बोल्ने गर्दछ।

    अझै दुखको कुरा के छ भने,गत चुनाबमा लोकतन्त्रको नाममा समानुपातिक प्रणालीमा निर्बाचन आयोगको निति र बिधिगत प्रक्रियामा मंगोल संगठनमा MNO को बिधान र सिद्धान्त बिपरित गंगा पौडेल र भिम कुमारी बंशी ठकुरी जस्ता खस आर्यलाइ उम्मेद्बारी बनाएर खस आर्य सहितको संगठन भनेर चरितार्थ गरिसकेको छ।दुर्भाग्यको कुरा मगर उम्मेद्बारीलाइ सबै खस आर्य कोटामा हालेर मगरलाइ खस आर्य बनाएको प्रमाण निर्बाचन आयोग बाट प्रकाशित प्रदेश र प्रतिनिधि सभा किताबमा प्रस्ट छ।बाहुनक्षेत्रीले भनी सकेको छ बुझीसकेको छ।तर हाम्रो मंगोल मित्रहरुलाइ मेचेबादले भ्रमिक कुरा गर्दै कुटनैतिक भन्दै मंगोललाइ खस आर्य बनाउदै समाजबादको नाममा मंगोल राट्रबाद सधैको लागि च्याप्टर क्लोज भन्दै सिंहको सन्तानलाइ दिन डाहदै बिरालो बनाउने चेस्ट गरेको छ।

    हाम्रो ८० प्रतिशत अहिन्दु भुमिपुत्र मंगोल अस्तित्व मंगोल मुक्ति एकाम्तकबादी संविधान बाहुनवाद बाहुन नीति र बर्णभेति बाट मुक्त हुनको लागि र भाबी सन्तानलाइ शिर उच्च पार्न एक मात्र महान तथा गौरवशाली संगठन MNO डा.गोपाल गुरुङ संगठन निर्माण गर्दै पुर्ब नेपाल देखि पश्चिम नेपाल,उतर हिमाल देखि दक्षिण तराइ हुँदै प्रबासमा पनि हाम्रो संगठन बिस्तार भैसकेको तपाइहामी सबैलाइ सर्ब बिबितै छ।त्यसैले म आम मंगोल समुदायलाइ मेचेबादको भ्रममा नपरी निर्धक भएर डा.गोपाल गुरुङको सिद्धान्तमा सिद्धान्तनिष्ठ भएर आफ्नो अस्तित्व र मुक्तीको लागि हाम्रो गौरबशाली संगठनमा मंगोल मुक्ती र मंगोल राट्रबादको निम्ति गोलबन्द भएर मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनमा आबद्ध हुन हार्दिक अपिल गर्दछु।

    लेखक जगत ठाडा मंगोल
    नवलपुर,नेपाल
    Loading...