दुलान फर्काएर अाउदा मगर चलचित्रकी नायिका रूपा थापा मगरको दुर्घटनामा परि निधन
कार्तिक ६
मगर चलचित्रकि नायिका तथा मगर विद्यार्थी संघ पाल्पाका निबर्तमान अध्यक्ष २१ बर्षिय रूपा थापा मगरको मृत्यु भएको छ । उहाको बिबाहको दुलान फर्काएर घर फर्किने क्रममा स्कुटर दुर्घटनामा ज्यान गएको हो । उक्त दुर्घटनामा परि उहाँका श्रीमान् २७ वर्षीय महेश पुन समेत गम्भीर घाइते हुनुभएकाे छ।
स्याङ्जाको कालिगण्डकी गाउँपालिका–४, बिर्घामा रहेको माइतीमा बिहेको दुलान फर्काएर मालिका गाउँपालिका–१, नेटा गुल्मीमा रहेको घर फर्कने क्रममा स्याङ्जाको मालुङ्गा नजिकै नब दम्पति सवार लु ३७ प ३०९० नम्बरको स्कुटरलाई र विपरीत दिशाबाट आएको लु १ च ७२५६ नम्बरको जिपले ठक्कर दिएको थियो ।
घाइते थापाको उपचारको क्रममा पाल्पामा रहेको लुम्बिनी मेडिकल कलेज प्रभासमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घाइते थापाका श्रीमान् महेशको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भैरहेको छ । उनको अवस्थासमेत गम्भीर रहेको अस्पतालले जनाएको छ ।
उनीहरुको ११ दिनअघि मात्रै मागी बिहे भएको थियो । नायिका थापाको शवलाई जिल्ला अस्पताल पाल्पामा पोष्टमार्टमपछि आफन्तलाई बुझाउने तयारी भैरहेको प्रहरीले जनाएको छ ।
रूपा थापा अभिनित चलचित्र लर्फुको गीत हेर्नुुस:

Loading...