• Recent

    टिप्पर प्रबेश समय परिबर्तन : भक्तपुरमा टिप्परले बाईकलाई ठक्कर दियो २ जना गम्भिर घाईते

    १७  असोज ।  प्रसाशनले टिप्पर सञ्चालन तालिका बनाएपछि  समयमा निर्माण सामग्रीको ढुवानीमा नै  असर परेको भन्दै टिपरलाई साँझ ७ बजे नै काठमाडौं प्रवेश गर्न दिइएको छ । तर, निर्णय भएकै दिन टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका छन् ।
    छन् । साउन १ देखि उपत्यकामा बिहान ५ बजेदेखि बेलुकी ८ बजेसम्म टिपर चलाउन रोक लगाइएको थियो । भक्तपुरले साँगा चोकमै टिपर रोक्ने गरेको थियो । 
    तर, बुधबार काठमाडौंमा प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समन्वय समितिको वैठकले यो समय दुई घन्टा घटायो ।
    विहान ७ देखि बेलुकी ७ बजेसम्म मात्र टिपरलाई रोक्ने निर्णय भयो । निर्माण सामग्रीको ढुवानीमा असर परेको भन्दै यो निर्णय गरिएको हो ।भक्तपुर जिल्ला प्रशासनले पनि चार दिन अघि टिपरलाई साँगा चोकको साटो सल्लाघारीमा रोक्ने निर्णय गरेको छ ।काठमाडौं र भक्तपुर प्रशासनले टिपर सञ्चालनको व्यवस्था परिवर्तन गरेलगत्तै दुर्घटना भएको छ ।
    बुधबार साँझ बा ४ ख ३६५० नम्बरको टिपरले सूर्यविनायकमा बा ८८ प ८५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जना गम्भीर घाइते भएका हुन् । उनीहरुको सनाखत भइसकेको छैन ।घटनापछि आक्रोशित भीडले टिपरमाथि आगजनी गरेको छ भने स्थितिलाई नियन्त्रणमा लिन प्रहरी अश्रुग्यास प्रहार गरेको छ । अहिले पनि तनाव कायमै छ ।
    Loading...