• Recent

    जगदम्बा स्टिल उद्योगमा विस्फोट, ५ मजदुर घाइते

    २४ असोज,  ।
    बाराको सिमरामा रहेको जगदम्बा स्टिल उद्योगमा विस्फोट हुँदा ५ भारतीय मजदुर घाइते भएका छन् । कवाडी समान भट्टीमा हालेर पगाल्ने क्रममा अचानक पड्केको फलामको टुक्राले लागेर उनीहरु घाइते भएको ईलाका प्रहरी कार्यालय, सिमराका प्रहरी निरीक्षक सुवास हमालले जानकारी दिए । 
    घाइते हुनेमा सितामणी बिहारका २२ वर्षीय कमलेश राय, २३ वर्षीय नरेश सहनी, २३ वर्षकै सन्दीप कुमार, २० वर्षीय पञ्कजकुमार र मोतीहारी घर भएका ३५ वर्षीय विनायक सिंह घाइते छन् ।
    घाइतेमध्ये कमलेश, नरेश, सन्दीप र पञ्कज कुमारको अवस्था गम्भीर छ । उनीहरुको अहिले वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचार भइरहेको छ ।
    Loading...