• Recent

    ICC-T20 विश्वकप छनोट : ३ ओभरमै नेपालले म्यानमारलाई जित्यो

    असोज १७, २०७५ बुधवार
    ICC-T20  विश्वकप अन्तर्गत एसिया सब–रिजनको छनोटमा नेपालले धमाकेदार  विजयी सुरुवात गरेको छ । 
    बुधबार भएको खेलमा नेपालले म्यानमारलाई ८ विकेटले पाखा लगायो ।  
    मलेसियाको बायुमास ओभल मैदानमा पहिले ब्याटिङ गरेको म्यानमार १० ओभरमा मात्र २९ रनमा अलआउट भयो । उसका एक खेलाडीले मात्र दोहोरो अंक छुन सके । नेपाली बलरसामु सुरुवातदेखि नै दबाबमा आएको म्यानमारले चार रन बनाउँदा पहिलो विकेट गुमायो । ललित भण्डारीले नेपाललाई पहिलो सफलता दिलाए । त्यसपछि ६ रन हुँदा नेपालले दोस्रो विकेट लियो ।

    जवाफमा नेपालले तीन ओभरमा दुई विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । नेपालले पनि सुरुवात राम्रो गर्न सकेन । नेपालले स्कोरबोर्डमा रन नजोड्दै ओपनर प्रदिप ऐरीलाई गुमायो । उनले आफ्नो खाता खोल्न सकेनन् ।
    त्यसपछि अनिलकुमार साह पनि ११ रनमा आउट भएपछि नेपालले १२ रनमा दोस्रो विकेट खेर फाल्यो । तर त्यसपछि करण केसीले अविजित १४ रन बनाउदा नेपालले सहज जित हात पार्यो ।