MNO डा.गोपाल गुरुङको धरान १३ वडाको कार्यालय उत्घाटन

असोज २०/सुनसरी
मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनको सुनसरी धरान १३ वडा सभाको युबा सभा,नारी सभा र भुपु सैनिक सभाको पहिलो मासिक बैठक संयुक्त रुपमा १३ नम्बर कार्यालयमा सम्पन्न भएको छ।
बैठकमा अर्गनाइजेशनका भातृसंगठन मंगोल युबा सभामा प्रबेश गर्ने मंगोल प्रेमिहरुलाई मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनका भातृसंगठन मंगोल युबा सभाका केन्द्रिय संयोजक अमित याक्खा राईले नब प्रबेश युबाहरुलाई खादा लगाएर स्वागत तथा सम्मान गर्नु भएको थियो।
साथै नारी सभामा नब प्रबेश नारी सद्स्यहरुलाई अर्गनाइजेशनका भातृसंगठनका वडा सभाका अध्यक्ष पुष्प शेर्पाले खादा लगाएर स्वागत तथा सम्मान गर्नु भएको थियो।
संगठनका पहिलो मासिक बैठक सहारा कुलुङ राईको अध्यक्षतामा र नारी सभा वडा सचिबको संचालनमा भएको थियो।
