• Recent

    MNO.डा.गोपाल गुरुङ संगठन तिब्र बिस्तार


    जगत ठाडा मंगोल सप्तरी/२३ मंगलबार,

    मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनको सप्तरी जिल्लामा एकै दिन जिल्ला सभा सप्तरी र मंगोल युबा सभा सप्तरी गठन गरेको छ।
    संगठन गठन हुनु अघि केन्द्रिय सदस्य तथा केन्द्रीय अनुशासन बिभाग प्रमुख शक्ति चाम्लिङ राईले प्रशिक्षण दिनु भएको थियो।कार्यक्रम केन्द्रिय सदस्य फजुल मंसुरीको पहलमा भब्य भएको थियो।उक्त प्रशिक्षण कार्यक्रम पश्चात् मनोबर सेखको अध्यक्षतामा ३८ जना जिल्ला सभा गठन र महमद अनबारुल खानको अध्यक्षतामा ७३ जना मंगोल युबा सभा सप्तरी गठन भएको छ।

    कार्यक्रममा केन्द्रीय अनुशासन बिभाग प्रमुख शक्ति चाम्लिङ राई प्रमुख अतिथि र बिशेश अतिथी केन्द्रिय भुपु सैनिक संयोजक बलबहादुर दुमि राई,केन्द्रिय युबा सभा संयोजक अमित याक्खा राई र केन्द्रिय सदस्य फजुल मंसुरी रहनु भएको थियो।

    साथै अन्य अतिथिमा मोरङ जिल्लाको सल्लाहकार पृतम लिम्बू ,जिल्ला कोषाध्यक्ष अमृतबहादुर श्रेष्ठको पनि उपस्तिथि रहेको थियो।
    नब निर्बाचित जिल्ला सभा र मंगोल युबा सभाका सद्स्यहरुलाई संगठनको बिधान र सिद्धान्तलाई सिद्धान्तनिष्ठ भएर अगाडि बढ्न निर्देशन दिदै सपथ समेत गराएको थियो।
    Loading...