• Recent

    धरानमा MNO प्रदेश नं.१ को पदाधिकारी भेला सम्पन्न


    असोज २४
     मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङको १ नं प्रदेश पदाधिकारी भेला धरानमा सम्पन्न भएको छ । मल्टिटेस्ट रेस्टुरेन्ट सदनरोडमा १ नं प्रदेश केन्द्रीय सदस्यको आयोजनामा सम्पन्न भेलाले केन्द्रीय अनुशासन संयोजक शक्ति चाम्लिङलाई प्रदेश संयोजक चयन गरेको छ ।  


     प्रतिद्वन्द्वी नर ब. राई १, धन कुमार राई १, नरेन्द्र थुलुङ १, राज कुमार माक्रेहाङले ३ समर्थन प्राप्त गर्नु भएको थियो भने चाम्लिङले ११ जनाको बहुमत समर्थन प्राप्त गर्दै १ नं प्रदेश संयोजक चयन हुनु भएको हो । चाम्लिङलाई भेलाका प्रमुख अतिथि संगठनका केन्द्रीय संयोजक विरलाल राईले खदाले सम्मान गर्दै बधाई तथा सफल कार्यकालको शुभकामना दिनु भयो ।
    भेलाले १ नं प्रदेशमा संगठनलाई तिब्रता साथ अघि बढाउन गाउँ गाउँ जाऔ, मूलबासी जगाऔ, अस्तित्व बचाऔ भन्ने केन्द्रीय सभाद्वारा पारित नारालाई कार्यन्वयन गर्दै संगठन बिस्तार गर्न जोड दिएको छ । 

    यस्तै नेपाल सरकारद्वारा बाड्ने राष्ट्रिय परिचय पत्रको मूलबासीलाई दोस्रो दर्जाको नागरिक बनाउने खेल भएको निष्कर्ष निकाल्दै राष्ट्रिय परिचयपत्रको बिरुद्ध स्थानीयस्तर देखि प्रदेश प्रमुख र नेपाल सरकारलाई ज्ञापनपत्र बुझाउने र मूलबासी मंगोलहरुलाई सचेतता मुलक कार्यक्रम व्यापक गर्ने निर्णय गर्नुको साथै केन्द्रीय संयोजक बिरलाल राईले कुनै पनि बहानामा राष्ट्रिय परिचयपत्र नलिन कार्यकर्तालाई कडा निर्देशन समेत दिनु भएको छ । 

    यदि यो कदम नरोकिए आफू कुन निकायमा बहस गर्नु पर्छ आफू तयार रहेको तर दोस्रो दर्जा स्विकार कदापी गर्न नहुने बताउनु भयो । छलफलको क्रममा दशै बहिस्कार कार्यक्रम, जै मंगोल अभियानलाई निरन्तरता दिदै लाने निष्कर्ष निकालेको छ । 
      भेलामा केन्द्रीय मूलसचिव वर्णबास दर्लामी, केन्द्रीय सहसचिव मोहन श्रेङ लिम्बू, कोषाध्यक्ष दिनेश बान्तवा, अनुशासन संयोजक शक्ति चाम्लिङ, संचार बिभाग प्रमुख जीवन मंगोलको बिशेश आतिथ्यता रहेको कार्यक्रममा भुपु सैनिक संगठनका केन्द्रिय संयोजक बल बहादुर दुमि, मंगोल युवा संगठनका अमीत याक्खा,विद्यार्थी संगठनका अडिल खम्बु र मजदुरका कान्छा राईको समेत उपस्थिति रहेको थियो ।

     एमएनओ-डा.गोपाल गुरुङका केन्द्रीय सचिव लोक तामाङको सभाध्यक्षतामा भएको कार्यक्रमलाई केन्द्रीय विद्यार्थी संगठन संयोजक अडिल खम्बुले संचालन गरेका थिए । a
    Loading...