• Recent

    MNO.डा.गोपाल गुरुङ प्रबास सभा कतार द्वारा केन्द्र सभालाई क्यामेरा हस्तान्तरण

    जगत ठाडा मंगोल
    काठमाडौ२३
    मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ प्रबास सभा कतारका संयोजक रमेश थिङ नेपाल आइपुग्नु भएको छ ।

    हिजो २२ गते नेपाल अवतरण हुनुभएका थिङ रोजगारको शिलशिलामा कतारमा कार्यरत हुनुहुन्थ्यो।

    केही समयदेखी मंगोल राष्ट्रवाद अभियानमा लाग्नुभएका थिङले कतारलाई बिदा गर्दै आफ्नै देशमा मंगोल उत्थान र बिकासमा लागि पर्ने सोच लिएर फर्किनु भएको छ।
    यसैबिच थिङ्ले प्रबास सभा कतारको तर्फबाट रु.७५०००/ हजार मूल्य बराबरको क्यामेरा केन्द्रीय संचार बिभाग प्रमुख जीवन मंगोललाई मंगलबार केन्द्रीय सभाको कार्यलयमा हस्तान्तरण गर्नु भएको थियो ।
    उहाले प्रबास सभा कतारको पदाधिकारी लगायत मंगोल सुभेच्छुकहरुको सहयोग स्वरुप उक्त क्यामेरा हस्तान्तरण गर्नु भएको हो। उहाले अब जिबन्त नेपाल मै रहेर पाचथर जिल्लालाई मंगोल किल्ला बनाउने अभियानमा लाग्ने अठोट  लिनुभएको संयोजक थिङले बताउनु भयो। अर्गनाइजेशनलाई ब्यक्तिगत तर्फ बाट रु.१०,०००/नगद समेत सहयोग गर्नु भएको छ।
    थिङ पाचथर जिल्ला नांगेनका हुनुन्छ मंगलबार नै वहाँ आफ्नो जन्म स्थल गाउँ नांगेन लागेका छन। प्रबास सभाका संयोजक थिङ्लाई केन्द्रिय कार्यालयमा केन्द्रिय सदस्य बिक्रम फागो,आर्थिक बिभाग प्रमुख आर्यान राई र संचार प्रमुख जीवन मंगोलले खादा ओडाएर स्वागत गर्नु भएको थियो।
    Loading...