• Recent

    MNO-डा.गोपाल गुरुङ पाल्पा जिल्ला सभा र मंगोल युबा सभा पाल्पाको संयुक्त बैठक सम्पन्न

    जगत ठाडा मंगोल 
    पाल्पा/कार्तिक १०,
    मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ जिल्ला सभा पाल्पा र मंगोल युबा सभा पाल्पाको संयुक्त बैठक आज पाल्पाको प्रबासमा सम्पन्न भएको छ । a
    जिल्ला सभा पाल्पाले आउदै गरेको मुलबासी मंगोलहरुको इतिहास बोकेको पर्व बलिहाङ जुन अहिले तिहार भनेर चिन्निने पर्वलाई मुलबासी मंगोलहरुको बिचमा अझै राम्रो संग कसरी प्रचार प्रसार गर्न सकिन्छ भनेर छलफल गरेको हो ।


     पछिल्लो समयमा पाल्पामा मंगोल नेशनल अर्गनाइजेशन-डा.गोपाल गुरुङ संगठनले संगठनलाई बिस्तारको क्रम आन्तरिक रुपमा तीब्र पारेको छ । त्यसै क्रममा पाल्पा जिल्लामा मंगोल युबा सभाले पनि युबा एकताको आजको आबश्यता रहेको भन्दै गाउँ गाउँमा युबा सभा बिस्तारको अभियान जारी रहेको युबा सभा पाल्पाका संयोजक बिमल रानाले प्रष्ट्याउनु भएको छ ।

    उक्त संयुक्त बैठकले संगठनको भाबी कार्य योजना र संगठनको गतिविधि जिल्ला सभा पाल्पा र मंगोल युबा सभा पाल्पाले संयुक्त रुपमा कार्यकर्ता परिचालन गरि पाल्पा जिल्लालाई मंगोल किल्ला बनाउने जिल्ला सभा पाल्पाका संयोजक इन्द्रबहादुर ढेंगा मगर र मंगोल युबा सभा पाल्पाका संयोजक बिमल राना मगरले आफ्नो मातहतका जिल्ला कार्यकर्तालाई संयुक्त रुपमा निर्देशन दिदै अगामी फाल्गुन महिनामा पाल्पा जिल्ला अधिबेशन गर्ने निर्णय समेत आजको बैठकले पारित गरेको छ । 


    अधिबेशनको मिति भने अगामी मंसिर १ गते हुने बैठकले निर्णय गर्ने बताएको छ । बैठक पाल्पा जिल्ला संयोजक इन्द्रबहादुर ढेंगा मगरको अध्यक्षतामा पाल्पाको प्रबासमा भएको थियो । साथै बैठकमा अर्गनाइजेशनका केन्द्रीय बिदेश बिभाग प्रमुख तुलबिर दर्लामी मगर,केन्द्रिय सदस्य कृष्ण दर्लामी मगर र जिल्ला सभा पाल्पा/मंगोल युबा सभा पाल्पाको सदस्यहरुको उपस्थिति रहेको थियो।  
    Loading...