• Recent

    दुबई प्रहरी उड्ने मोटरसाइकलको प्रशिक्षणमा व्यस्त (भिडियोसहित)

    कात्तिक २४, २०७५
    उड्ने मोटरसाइकलबाट दुबई प्रहरीले सन् २०२० बाट आफ्नो कारबाही अगाडि बढाउने भएको छ । 
    अहिले दुबई प्रहरीका अधिकारीहरु अमेरिकाको क्यालिफोर्नियामा रहेको होभरसर्फ कम्पनीले एक वर्षअघि  उड्ने मोटरसाइकल(होभरबाइक) एउटा प्रविधि मेलामा अवलोकलनका लागि राखेको थियो । त्यसैलाई सुधार गरेर तयार पारिएको मोटरसाइकल उडाउने प्रशिक्षणमा व्यस्त छन्  । दुबई प्रहरीका ब्रिगेडियर खालिद नासेर अलराजूकीका अनुसार २०२० बाट दुबई प्रहरीले यस्तो प्रकारको मोटरसाइकलबाट गस्ती तथा अन्य कामहरु गर्नेछ ।  अहिले दुबई प्रहरीलाई निर्माता कम्पनीका दुईजनाको क्रूले यो मोटरसाइकल उडाउने प्रशिक्षण दिइरहेका छन् । 
    होभरसर्फका अपरेटिङ अफिसर जोसेफ सेगुरा कोनका अनुसार यदि दुबई प्रहरीले चाहेमा चाँडै नै कम्पनीले ३०–४० वटा होभरबाइक उपलब्ध गराउन सक्नेछ ।यो मोटरसाइकल चलाउन वा उडाउनका लागि सुरक्षाकर्मी नै हुनुपर्छ भन्ने छैन । देशको कानुनले अनुमति दिएको छ भने एक लाख ५० हजार अमेरिकी डलर खर्च गरेर यो मोटरसाइकल आफ्नो बनाउन सकिन्छ । तर उडाउनका लागि भने यसमा जडित नयाँ प्रविधिका बारेमा पोख्त हुनुपर्छ । अमेरिकामा  नागरिक उड्डयन प्राधिकरणको गाइडलाइन यसले पूरा गरेको छ । अमेरिकामा भने यो मोटरसाइकल चलाउन पाइलटको लाइसेन्स चाहिँदैन ।
    Loading...