• Recent

    १२ वर्षीया बालिकाको बलात्कारपछि हत्याको आरोपमा ५ पक्राउ

    कात्तिक २७,
    उदयपुरको रौतामाई गाउँपालिका वडा नंं ३ की १२ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा ५ जना पक्राउ परेका छन् ।  बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा सोमबार ५  युवालाई पक्राउ गरिएको हो । 
    जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक अर्जुन रानाभाटको नेतृत्वमा खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको उदयपुरका प्रहरी प्रमुख –एसपी चन्द्रदेव राईले बताउनुभयो । ‘शंका लागेका पाँच युवा र तालिम प्राप्त कुकुरसहित शव लिएर टोली फर्केको छ’ ।  एसपी राईका अनुसार पक्राउ परेका मानिसको नाम गोप्य राखेर अहिले अनुसन्धान भैरहेको छ ।
     शनिबार  बाख्रा चराउन गएकी बालिका आइतबार दिउँसो गाउँको अमला जंगलमा मृत अवस्थामा फेला परेकी थिइन् । घटनाको अनुसन्धानको लागि जिल्ला प्रहरी उदयपुरले प्रहरी नायव उपरीक्षकसहितको तालिम प्राप्त कुकुरसहितको टोली अनुसन्धानको लागि पठाएको थियो । घटना स्थल सदरमुकाम गाईघाटबाट ७५ किलोमिटर विकट पहाडी क्षेत्रमा पर्दछ 
    यो टोलीले बलात्कारपछि हत्या भएको आशंकामा अनुसन्धान अघि बढाएपछि शंकास्पद स्थानीय युवालाई नियन्त्रणमा लिएको हो । स्थानियवासीले नै बालिकाको हत्यामा यी व्यक्तिहरुको हात हुनसक्ने अनुमान गरेकाले नियन्त्रणमा लिइएको एसपी राईले बताउनुभयो । पोष्टमार्टम पछि मात्र बलात्कार हो या होइन भनेर यकिन हुन्छ, उहाँले भन्न्नुभयो, ‘शवको प्रकृति हेर्दा डिएसपीको नेतृत्वमा गएको टोलीको प्रारम्भिक अध्ययनले बालात्कारपछि हत्या गरिएको देखिन्छ’ ।
    अनुसन्धानमा गएको कुकुरले शवभन्दा केही पर खोल्सामा घटना भएको हुनसक्ने अनुमान गरेको प्रहरीको भनाई छ । मृत बालिकाको चप्पल शवभन्दा केही पर फेला परेको छ । रौतामाई गाउँपालिका ३ का वडाध्यक्ष दुर्गाराज खड्काले भन्नुभयो, ‘खोल्सामा बलात्कारपछि हत्या गरी सडक छेउमा शव फालेको अनुमान गर्न सकिन्छ’ । , बालिकाको मुखमा न्याप्किन पेपर कोचेको, मलद्धार च्यातिएको, घाँटीमा निलडाम, योनीस्थल पनि सामान्य नरहेकोले बलात्कारपछी हत्या भएको बताउनुभयो ।