सुजाताकोमा खाना खाँदैमा आत्तिनु पर्दैन, पदमा बस्ने लोभ छैन : वरिष्ठ नेता रामचन्द्र पौडेल

२७ कात्तिक, । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेत्री सुजाताको मा खाना खाँदैमा देउवा पक्षलाई नआत्तिन अनुरोध गर्नु भएको छ ।
खान जाँदैमा केही आत्तिनु पर्दैन, ’पौडेलले देउवा पक्षप्रति संकेत गर्दै भने, ‘सामान्य ‘हाई हेल्लो’ मात्रै हो ।’
मंगलबार भरतपुरमा प्रेस युनियन चितवनले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले पार्टी कमजोर बनेको टिप्पणी गरे ।

संसदमा सभापति शेरबहादुर देउवाले शशक्त विपक्षी दलको भूमिका खेल्न नसकेको पौडेलको दावी छ । ‘संसदमा विपक्षी दलको नेता विचारले आक्रामकरुपमा प्रस्तुत हुनुपथ्र्यो तर त्यस्तो भएन,’ नेता पौडेलले भने, ‘सरकार हल न चलको अवस्थामा छ त्यसै माथि कांग्रेस पनि त्यस्तै भएको छ । वास्तवमा आफै भित्र म त्यति सन्तुष्ट छैन ।’
आफूलाई पदको भन्दा पनि पार्टीप्रति बढी चिन्ता भएको नेता पौडेलको भनाइ थियो । पौडेलले अगाडि थपे, ‘पदमा को बस्ने भन्ने चिन्ता छैन, पार्टी निर्वाचनमा के कारणले हार्यो, अब यसलाई कसरी उठाएर लैजाने, पार्टीलाई सुधार्ने तिर मेरो चिन्ता छ, ।
उपसभापति पदमा विजयकुमार गच्छदारलाई ल्याउने विषयमा खासै विवाद नभएको उनको भनाइ छ । आउँदो महाधिवेशनमा पार्टीको नेतृत्वमा जाने विषयमा आफूले केही नसोचेको उनले बताए ।
उपसभापति पदमा विजयकुमार गच्छदारलाई ल्याउने विषयमा खासै विवाद नभएको उनको भनाइ छ । आउँदो महाधिवेशनमा पार्टीको नेतृत्वमा जाने विषयमा आफूले केही नसोचेको उनले बताए ।