• Recent

    मलेसियापछि श्रममन्त्रीको ध्यान कतारमा, अब सम्झौता नेपाली हित अनुरूप परिमार्जन हुने

    १७ कात्तिक, ।श्रममन्त्री गोकर्ण बिष्टले  मलेसियासँगको श्रम समझदारीपछि कतारसँगको श्रम सम्झौता पुनरावलोकनलाई प्राथमिकतामा राखेका छन् । मलेसियामा जस्तै अब कतारमा पनि शून्य लागतमा कामदार पठाउने मन्त्री बिष्टको रणनीति छ ।
    कतारसँग भएको श्रम सम्झौता श्रमिकमैत्री नभएको निश्कर्ष निकाल्दै सरकारले श्रम सम्झौता पुनरावलोकनका लागि कतारसँग छलफल बाक्लो बनाउन लागेको छ । यसका लागि आगामी साता कतारको श्रम ममिला हेर्ने मन्त्रालयका केही उच्च अधिकारी नेपाल आउने तय भएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।
    कतारका मन्त्री नेपाल आएलगत्तै यही नोभेम्बर महिनामै नेपाली टोली कतार जाँदैछ ।यी दुई सरकारी भ्रमण र वार्तामा श्रम सम्झौतालाई समायानुकल परिमार्जन गर्न आ-आफ्ना एजेण्डाहरु राख्ने र घनिभूत रुपमा छलफल गर्ने योजना रहेको मन्त्रालयका एक उच्च अधिकारीले बताए ।
    कतारसँग सन् २००५ मा नेपालले श्रम सम्झौता गरेको थियो । तर, सम्झौताले नेपाली कामदारको हितमा धेरै कुरा समेट्न सकेको छैन । यसमा कतार जाँदा कामदारले भिसा शुल्क र हवाई टिकटको शुल्क रोजगारदाताले बेहोर्ने व्यवस्था छैन ।
    Loading...