• Recent

    निलिमाको यात्रा टप ७ सम्म मात्र सबैको मन दुख्यो : यसो भनिन नीलिमाले (भिडियो सहित )

    २०७५ मङ्सिर ८
     म्याक्सन टिभी नेपाल पोखरा:
    नेपाल आइडल सिजन २ कि एक मात्र गोल्डेन माइक बिजेता पोखराकी चेली  निलिमा थापा मगर नेपाल आइडलको सिजन २ मा  टप ७ बाट निलिमा बाहिरिएकी छिन्  । अघिल्लो हप्ता कृशल कंडेल बाहिरिएका थिए भने यस हप्ता पोखराकी निलिमा थापा मगर बाहिरिएकी हुन  । गोल्डेन माइक बिजेता निलिमाको यात्रा टप ७ सम्म मात्र रह्यो भने अर्का गोल्डेन माईक बिजेता चितवनका मिन राज पहिले नै बाहिरिएका थिए ।

    अहिले निलिमाको पनि स्वास्थ्यले साथ नदिएर बाहिरिएकी भन्ने अनुमान लगाउन सकिन्छ । गएको हप्ता एक्कासी बिरामी परेकी निलिमालाइ डाक्टरले केहि समय आराम  गर्न गर्नु पर्ने बाटएका थिए । त्यसैको असरले गर्दा उनले उचित अभ्यास गर्न नसकेर आज बाहिरिएकी हुन भन्न सकिन्छ। उपाधिका मुख्य दाबेदार  सुमधुर स्वरकी धनि निलिमा आजै बाहिरिने छिन भन्ने सायद कसैले  कल्पना नै गरेका थिएनन ।  हुनत नेपाल आइडलको यो नियम नै हो । हरेक हप्ता एक जनाले नेपाल आइडलको मंच छोडेर जानै पर्ने छ  । बिगत केहि दिन यता हे निलिमा लाई जिताउन पोखरामा धेरै अभियानहरु समेट सुरु भईसकेको थियो  ।

    आज यसै अभियानको चौथो दिन। सबै जना निलिमाको समर्थन र प्रचारप्रसार जुतेका  थिए । तर यो नतिजा एक्कासी सुन्नु पर्दा बिश्वास गर्न सक्ने  छैन तर यो यथार्थ हो ।  अडिसनमा मन किन रुन्छ मन , एक्लै हुँदा त झन बोलको गित गाएर सबै जजलाई मन्त्र मुग्ध बनाएकी निलिमालाई गोल्डेन माईक दिएर सिधै गाला राउण्डमा लगेको थियो । उनको स्वर झन् निखारिएको थियो ।बिहीवार  निलिमाले तिम्रै अघि मत अर्कैको बेहुली बोलको गीत गाएकी थिईन भने उनलाई गाएक सन्तोष लामाले साथ दिएका थिए ।

     त्यस्तै शुक्रबार  सुमित पाठक र निलिमा ले संयुक्त रुपमा उदित नारायण झाको \ गित नयाँ नयाँ सजाउ है संसार बोलको गित गाएका थिए ।  निलिमा थापा मगर आजको कार्यक्रम बाट बाहिरीए पनि उनको  सांगेतिक भविष्य उज्ज्वल रहेने  सबैले कामना गरेका छन  छन।  निलिमा ले पनि आफुलाई सहयोग गर्ने सम्पूर्णलाई फेस्बुक पेज बाट धन्यवाद दिदै एसो भनेकी छिन्  " हजुरहरुलाई धेरै धेरै धन्यवाद। आज सम्म अथाह मायाको लागि। यो साथ आगामी दिनमा पनि पाउने छु भन्ने आशा गरेको छु। माफी पनि माग्न चाहान्छु  हजुरहरुको अपेक्षा पूरा गर्न सकिन । सबै कुरा निएम अनुसार चल्न पर्ने हुन्छ । भोलिको दिनमा संगीत बाट अझ धेरै हजुरहरुको मन जित्ने प्रयास गर्ने छु ।"
    उनको गाएकीमा दम रहेको छ । आशा छ उनको गाएकीको नेपालि गित संगीतले मूल्यांकन गर्ने छन। हामि पनि उनको सुनौलो सांगेतिक भविष्यको शुभकामना ब्यक्त गर्दछौं ।   कार्यक्रम बाट बहिरिएपछी निलिमा ले एसो भनिन हेर्नुस् भिदियो :