• Recent

    लोभै लाग्दो म्याग्दीको सुन्दर दोबा गाउ (With Video)

    म्याक्सन फोर डी स्टुडियो पोखरा
    बहुमुखी प्रतिभाका धनी संगीतकार रचनाकार तथा गायिका निर्मला पुर्जा पुन मगरको पहिलो कोसेली हेर्न आउ दोबा गाउँ एल्बममा समावेश भएको ईश्वरको बरदान जस्तै हाम्रो ठाउँ म्याक्सन फोर डी स्टुडियोले बजारमा ल्याएको छ । सन्तोष पिठाकोटे मगरले छायाकन तथा निर्देशन गर्नुभएको यस भिडियोको सम्पादन छबि राना मगर र रञ्जित राना मगरले गरेका हुन ।
    संगीत र रचना स्वर स्वयम निर्मला पुर्जा पुन मगरको नै रहेको छ बिनोद रसाईली ले संगीत संयोजन गरेको यस गीतको कोरीयोग्राफी बेबिका पुर्जा पुन मगरले गर्नुभएको छ । गीतमा म्याग्दी जील्लाको सुन्दर दोबा गाउँमा भएको ऐतिहासिक ठाउँहरु तथा त्यहाको भाषा, संस्कृति र भेषभुषाका साथै त्यहाको जनजीबनहरुलाई संरक्षण गुर्न पर्दछ र लोप हुनु दिनुहुदैन भन्ने सन्देश म्युजिक भिडियो मार्फत दिन खोजिएको छ ।

     यस म्युजिक भिडियो को मुल मर्मनै आफ्नो पहिचान नया पुस्तालाई हस्तान्तरण गर्न कहिल्यै नभुल्नु भन्ने रहेको निर्मला पुर्जाले बताउनु भयो । गायिका निर्मला पुर्जा हाल अमेरिकामा हुनुन्छ गीत हेर्न तल क्लिक गर्नुहोला । मन परे शेयर गर्न नभुल्नुहोला :
    Loading...