• Recent

    राष्ट्रिय आविष्कार केन्द्रलाई मगरसंघ र प्रवासी नेपालीमंचको सहयोग

    मङ्सिर ३  काठमाण्डौं   :
     अमेरिकामा  रहेको  मगर संघको अगुवाइ तथा समन्वयमा डा. महाबिर पुन द्वारा स्थापित राष्ट्रिय आविष्कार केन्द्र नेपाललाई आर्थिक सहयोग गरेको छ  ।  आईतवार राज्धानी  काठमाण्डौंमा  एक कार्यक्रम आयोजना गरी  राष्ट्रिय आविष्कार केन्द्र  प्रमुख महाविर पुनलाई मगर संघ अमेरिकाको समन्वयमा संकलन गरिएको  रकम  ९ लाख ३८ हजार ५ सय बत्तिस रुपैँया हतान्तरण गरिएको हो  ।
    मगर संघ अमेरिकाको समन्वयमा संकलन गरिएको  रकम मगर संघ अमेरिकाका केन्द्रीय सदस्य सुरेन्द्र प्रताप पुलामी, एनआरएन युएसए न्यूर्योक च्याप्टरका भाइस प्रेेसिडेन्ट विष्णु मगर, मगर संघ अमेरिका प्रतिनिधि बविता आले मगर र मगर संघ नेपालका केन्द्रीय अध्यक्ष नविन रोक्का मगरले महाविर पुनलाई हस्तान्तरण गर्नु भएको हो ।
    राष्ट्रिय आविष्कार केन्द्र नेपाल लाई  सहयोग गर्ने यो अभियान  मगर संघ अमेरिकाका पूर्व अध्यक्ष श्री महेन्द्र थापामगरको  संयोजकत्व मा भएको   थियो ।  अभियानमा प्रवासी नेपाली मंच अमेरिकाले पनि  रु.१ लाख १६ हजार सहयोग गरेको छ ।   आविष्कार केन्द्र निर्माणको अभियान सहयोग गर्नु हुने सम्पूर्ण दाताहरुलाई  धन्यवाद दिदै  यो राष्ट्रिय सवृद्धिको अभियान भएको र  आजको युग प्राबिधिको युग हो प्रबिधी बिन मुलुक अघी जान सक्दैन डा पुनले  बताउनु भयो ।  त्यसइ गरी  देशलाई सवृद्ध बनाउने अभियानमा सहयोग गर्न पाउँदा खुसी लागेको नेपाल मगर संघ  केन्द्रीय अध्यक्ष नविन रोक्का मगरले बताउनुभयो ।

    ग्रामीण भेग्मा  तार रहित  (वायरलेस)  प्रविधिद्धारा इन्टरनेट विस्तार गर्न महाविर पुन समेट भाईसक्नु भएको छ  । पुनले राष्ट्रिय आविष्कार केन्द्र निर्माणको अभियान सुरु गरे पछि देश विदेशबाट उहाँलाई धेरै दाताहरु ले सहयोग गर्दै आएका छन् । पुनले सन २०१२ मा सूचना तथा प्रबिधी मार्फत देशविकासका सम्भावनाहरुको खोज र आविष्कार गर्ने उद्देश्यले Non Profit संस्था राष्ट्रिय आविष्कार केन्द्को स्थापना गरेका थिए।