• Recent

    अब लमजुङका चेपाङ बस्तीमा पनि बिजुली बल्ने

    मङ्सिर २  लमजुङ :  सदियौ देखी टुकी बत्तिको साहारामा बस्न बाध्य गण्डकी प्रदेश लमजुङका चेपाङ समुदाय मा अब झिलिमिली हुने भएको छ । चेपाङ बस्तिमा आज सम्म बिजुली नपुगेको  विभिन्न सञ्चार माध्यम सामाजिक सन्जाल मा समाचार  प्रकाशन भएसँगै चेपाङबस्तीमा बिजुली पुग्ने भएको हो । वर्षौदेखि टुकीबत्तिको मन्द प्रकाश सँग  बिताएका चेपाङ बस्तीमा बेसीशहर नगरपालिका लमजुङले बिजुली बाल्ने बेबस्था मिलाउन लागेको हो  । गण्डकी प्रदेश लम्जुङ जिल्लाको बेसीशहर नगरपालिका–११, वरबोटको चेपाङबस्तीमा बिजुली पुर्याउनका लागि आवश्यक पर्ने सम्पूर्ण सामाग्री तार, मिटर–बक्सका साथै प्राविधिकसहितको व्यवस्थागरेर बेसीशहर नगरपालिकाले  गरेको छ  ।
    गरीबिका कारण  आज सम्म अन्धकारमा बस्न बाध्य चेपाङबस्तीमा बिजुली बाल्नका लागि बेसीशहर नगरपालिकाले ६० हजार रुपैयाँ छुट्याएको नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले गराउनु भयो  । यहाँ  चेपाङबस्तीमा कुल १० घर छन् जस्मा  ३ घर मा भने पुगिसकेको छ  । कम्जोर आर्थिक अवस्थाका कारण यहाँका अन्य 7 घरले बिजुली बाल्न नसकेका हुन ।  यहाँको  बस्तीको घर–आँगन नजिकै ७० मेगावाटको मध्य मर्याङ्दी जलविद्युत आयोजना समेट सन्चालन छ  । नेपाल विद्युत प्राधिकरण लमजुङ विद्युत वितरण केन्द्रले समेत चेपाङबस्तीमा ६ थान बिजुलीको पोल उपलब्ध गराउने भएको छ ।
     बिजुली पुर्याउनका लागि नेपाल विद्युत प्राधिकरण केन्द्रले बिजुलीको पोल र ढुवानी खर्च उपलब्ध गराउनेछ । नगरपालिकाले   चेपाङ बस्तीमा सामुदायिक भवन निर्माणका लागि ३ लाख रुपैया बजेट समेत छुट्याएको छ । चेपाङ समुदाय सँग भएको मौलिक कला संस्कृति, सामाजिक चालचलन रितिरिवाज  र सचेतनामूलक कार्यक्रम गर्न सामुदायिक भवन आवश्यक भएकोले बेसीशहर नगरपालिकाले बजेट  विनियोजन गरेको बेसीशहर नगरपालिकाका प्रेस सल्लाहकार कृष्ण केसीले जानकारी दिनुभयो  । लमजुङ बेसीशहर नगरपालिका–११, चिती बरबोट चेपाङटारमा १० र दोर्दी गाउँपालिका–९, भीरकुनामा ४ गरी लमजुङमा चेपाङ समुदायको कुल १४ घरधुरी रहेको नगरपालिकासँग  तथ्यान्क रहेको छ   ।
    Loading...