• Recent

    तनहुँमा चितुवा आतंक : चितुवा नियन्त्रण गर्न २० प्रहरी परिचालन

    तनहुँ १ मंसिर,  । गण्डकी प्रदेश तनहुँमा  नब वस्तीमा चितुवा पसेर मानिसको ज्यान लिन थालेपछि तनहुँ प्रशासनले भानु नगरपालिकामा प्रहरी नै  परिचालन गरेको छ । तनहुँ जिलाको  भानु नगरपालिकाको वडा नं. 4, 3 र 2 तीन ओडामा  चितुवाले मान्छे माथि नै आक्रमण निरन्तर गरेपछी  स्थानीयवासी अनुरोधमा  नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको तनहुँका प्रहरी प्रमुख सिद्धिविक्रम शाहले जानकारी दिए ।
    चितुवा  चितुवा  नियन्त्रणमा लिन दश  सशस्त्र प्रहरी र दश  नेपाल प्रहरी  गरी २० जना प्रहरी चितुवा निएन्त्रण मा लिन परिचालन गरिएको हो  । प्रहरी प्रमुख शाहले भन्नु भयो  " अवस्था हेरेर नियन्त्रणमा लिने प्रयास गछौं, नसके मार्नै पर्ने अवस्था आउन सक्छ ।
    गएको  बिहीवार बेलुकी पख  भानु-४ मा चितुवाको आक्रमणबाट घर नजिकै खेल्दै गरेकी बालिका अस्मिता लम्सालको ज्यान गएको थियो ।
    शनिबार विहान पनि  तनहुँ को भानु नगरपालिका वडा न २ स्थित थक्रेकमा चितुवाको आक्रमणबाट आज बिहान एक जना घाइते भएका छन ।
    स्थानिय प्रकास नेपालीको छोरा सात वर्षका सञ्जन नेपालीलाई नारेश्वटार बजार आउदै गर्दा बिहान ६ बजे एक्कासी चितुवाले आक्रमण गरेको हो । आक्रमणबाट नेपाली  घाइते भएका छन । घाइतेको स्थानिय सञ्जन नेपालीलाई स्थानिय  मेडिकलमा उपचार गरिएको नारेश्वारबाट मनोज श्रेष्ठले जानकारी दिनुभयो ।

     गत वर्ष २०७४ फागुन १ गते भानु नगरपालिकाको वडा नं. ३ मा चितुवाले आक्रमण गर्दा एक बालकको ज्यान गएको थियो । उक्त घटनाको वर्षदिन नपुग्दै चितुवाले आक्रमण गर्दा बालिकाको ज्यान गएपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । केही समयए अगाडी  अर्घाखाँचीमा पनि आतंक सिर्जना गरेको चितुवालाई प्रहरी परिचालन गरी नियन्त्रणमा लिएको थियो ।
     चितुवा किन गाउमा आउछ ?  चितुवा सम्बन्दी अध्ययन गर्ने विद्वान हरुका अनुसार जङलमा खानाको अभाब भएपछी कुकुर बिरालो लाई आहरा बनाउन को लागि सिकार गर्न चितुवा बाघ गाउ पस्ने गर्द्छ। उनिहरुको निशाअना घरपालुवा अन्य जनवर पनि हुने गर्दछन, एसरी आहाराको खोजिमा गाउ पस्ने चितुवाको निशानामा मान्छे नै पर्नु गम्भिर कुरा हो   ।
    Loading...