• Recent

    उप-राष्ट्रपतिद्वारा साहित्यकार दुत पुन (चिमखोले काईला) सम्मानित

    २०७५ मङ्सिर ६  गण्डकी प्रदेश  म्याग्दी रघुगंगा गाउँपालिका -७ चिमखोला स्थायी  घर भई हाल बेलायतमा बसोबास गर्दै आउनुभयका साहित्यकार  समाजसेवी तथा पत्रकार दुत पुन (चिमखोले काईंला) बर्तमान  नेपालका उपराष्ट्रपति नन्द बहादुर पुन मगर  (पासाङ) द्वारा सम्मानित हुनुभएको छ  ।

     बिगत  लामो समयदेखी पर्देशमा   रहेर पनि नेपाल र नेपालीका लागि सामाजिक सेवा, पत्रकारिता तथा साहित्य क्षेत्रमा विशेष योगदान पुर्याएबापत  उपराष्ट्रपतिले  चिमखोले काईंला  सम्मान गरेका हुन् ।  चिम्खोले काईंला एभरेस्ट टाइम्स साप्ताहिक युकेका प्रवन्ध निर्देशक तथा सम्पादक समेट हुनुन्छ  । उहाको  योगदानका कारण एभरेस्ट टाइम्स साप्ताहिक युकेले हाल दशौं बार्षिकोत्सब  मनाएको छ  ।

     दुत पुन चिमखोले काईला  ब्रिटिश आर्मिको  अवकाश प्राप्त वारेन्ट अफिसर हुन् भने उनी ‘मार्केटिङ एण्ड इनोभेसन’ मा मास्टर डिग्री अध्ययनरत हुनुछ  ।  चिम्खोले काईंलाको हालसम्म ‘सुन्दन्ते’ र ‘युकेको जिन्दकी’ कविता संग्रह तथा ‘अर्ली भाई’ कथा संग्रह प्रकाशित छन् ।

    साथइ ‘युकेतिर जाउली’ लोक दोहोरी एल्बम, ‘लण्डनको कोशेली’ आधुनिक गीति एल्बम र ‘द वेष्ट अफ चिम्खोले काइँला’जस्था भिदियो निर्माण गरेका छन् चिमखोले काईला  चलचित्र ‘मेजर पेन्सन खाउली’ का निर्माता समेट हुनुछ  ।  मगर संघ युकेका निवर्तमान अध्यक्ष  चिम्खोले काईंला संयुक्त अधिराज्य बेलायतको रक्षा मन्त्रालयको निजामती कर्मचारी समेट रहेका छन 
    Loading...