म्याड्रिद लाई लाग्यो अर्को झत्का एइबार सँग ३-० हार्यो

एजेन्सी –
पछील्लो खेल्मा लये समात्दै गैरहेको रिएल लाई फेरी अर्को झत्का लागेको छ । ला लिगा अन्तर्गत शनिबार केही बेर अगाडि भएको खेलमा पाहुना टोली रियल म्याड्रिड एइबारसँग पराजित भएको हो ।
घरेलु टोली एइबारले पहिलो हाफमा १ र दोस्रोमा २ गोल गर्दै ३-० को रिएल माथि सहज जित दर्ता गरेको हो । एइबारको जितमा १५ औं मिनेटमा गोन्जालो एस्केलेन्टेको गोलमा अग्रता लिएको थियो । किकेले प्रहार गरेको सटलाई गोलरक्षक थिबाउट कोर्टुवाले रोकेपनि रिबाउन्डमा एस्केलेन्टेले गोल गरे । रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्रीको प्रयोग गरेर सम्भावित अफसाइड र फल हेरेपछि गोल भएको अधिकारिक दिसिजन दिएको थियो । दोस्रो हाफको सुरुवातमै एइबारले अर्को गोल थप्यो ।
मिडफिल्डर कुकुरेलाले दिएको क्रसमा एन्रिचले गोल गरे । लगतै रियलले पाँच मिनेटपछि नै तेस्रो गोल खायो । एन्रीचले राफेल भारानलाई बिट गर्दै दिएको क्रस कर्भाजलले क्लियर गर्न नसक्दा किकेले तेस्रो गोलगरेका थिए । रियलले गोल फर्काउने केहि मौका प्राप्त गरेपनि त्यसमा सफल हुन भने सकेन ।
रियलले एल क्लासिकोमा बार्सिलोनाविरुद्ध ५-१ को हार बेहोरेपछि जुलेन लोपेटेगुईलाई हटाएर सान्टियागो सोलारीलाई कार्यवाहक प्रशिक्षक नियुक्त गरेको थियो । सोलारीले कार्यवाहकका रुपमा त्यसपछि लगातार ४ खेलमा जित दर्ता गरेपछी रियालले उनलाई २०२१ सम्को लागि पूर्ण प्रशिक्षकको जिम्मेवारी दिएको थियो । सोलारी को पूर्ण प्रशिक्षकका रुपमा रियलले पहिलो खेलमा नै हार भोगेको छ ।