• निर्मलाका हत्यारालाई अब हामी नै कारबाही गर्छौं : प्रकाण्ड


    मंसिर ८ काठमाडौं :
     नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कंचनपुरकी  निर्मला पन्तको हत्यारालाई कारबाही गर्ने  प्रकाण्ड ले  बताउनुभएको छ  ।
     शनिबार  भृकुटीमण्डपमा भएको जनसभा कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी(विप्लव, नेत्रित्व)का प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) ले १३ वर्षीया बालिका  निर्मला पन्तको बलात्कारपछि हत्या भएको एती लामो समयसम्म पनि सरकारले दोषीलाई कारबाही गर्न नसकेको भन्दै असन्तुष्टि जनाउनु भएको छ  ।

     भृकुटीमण्डपमा आयोजित  कार्यक्रममा उनले भने  ‘अब  निर्मलाको हत्यारालाई हामी कारबाही गर्छौं ।  उनले पन्तको हत्याको विरोधमा मंसिर १६ गते देशब्यापी विरोध कार्यक्रम गर्ने समेत जनाएका  छन् । उता न्याय पाउने आस्मा धर्नामा बसेका निर्मालाका बा आमाको स्वास्थ बिग्रदै गैरहेको छ ।