डेम्बेेलेको गोलमा बार्सिलोनाको हार टर्यो

ला लिगा अन्तर्गत नेपाली समयए अनुसार आज बिहान १:३० बजे भएको खेलमा बार्सिलोनाले एट्लेटिको मड्रिडसँग अंक बाँडेको छ ।
एट्लेटिको मड्रिडको होम ग्राउन्ड वान्डा मेट्रोपोलिटानोमा सम्पन्न खेल १-१ गोलको बराबरीमा सकिएको हो । खेलको पहिलो हाफमा दुबै टिमले गोलको लागि अवसर बनाएका थिएनन् । तर, दोस्रो हाफमा भने खेल आक्रामक भएको थियो । डफेन्सिभ खेल खेलेको एट्लेटिक मड्रिडले ७७ अौं मिनेटमा गोल गर्न सफल भयो । एन्टोनियो ग्रिजमनको कर्णर किक मा
डिएगो कोस्टाले हेडिङ गोल गरेका थिए । तर, त्यो अग्रता लामो समयसम्म टिक्न सकेन । बार्सिलोनाको लागि बैकल्पिक खेलाडीको रूपमाा मैदान प्रवेश गरेका अोस्माने डेम्बेलेले मेस्सिको पासमा गोल गरेपछि खेल १-१ गोलमा सकिएको हो ।