• Recent

    रोल्पामा मंगोलवाद प्रशिक्षण तथा जिल्ला सभा,भातृ संगठन गठन ।


    मंसिर/१०, रोल्पा
    MNO - मंगोल नेशनल अर्गनाइजेशन-डा. गोपाल गुरुङको पछिल्लो समयमा बृहत संगठनआत्मक  कार्यक्रम हुदै आइरहेको  छ । सोमबार नेपालको प्रदेश ५  पश्चिम क्षेत्र रोल्पामा मंगोलवाद बारे प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
    सो  प्रशिक्षण कार्यक्रम पश्चात् जिल्ला सभा रोल्पा, युवा सभा रोल्पा , विद्यार्थी संगठन रोल्पाको  गठन भएको छ । कार्यक्रममा प्रमुख अतिथि केन्द्रिय प्रबक्ता तुलबिर दर्लामी मगर  र अतिथि केन्द्रिय सदस्य जय सारु मगर ,पाल्पा युवा सभा अध्यक्ष बिमल रानामगर,पाल्पा जिल्ला युवा सचिव प्रकाश पल्ली मगर र पाल्पा जिल्ला युवा सदस्य मोहन रानामगरको उपस्थिथी रहेको  थियो ।
    रोल्पामा लाल चन्द्र थापामगरको संयोजकत्वमा रोल्पा तदर्थ जिल्ला सभा, नगेन्द्र घर्तिमगरको संयोजकत्वमा विद्यार्थी संगठन र सुन्दर घर्ती मगरको संयोजकत्वमा युवा सभा रोल्पा गठन भएको हो  ।
      कार्यक्रममा  प्रमुख अतिथि केन्द्रिय प्रवक्ता तथा बिदेश बिभाग प्रमुख तुलबिर दर्लामी मगरले चयन भएका सम्पूर्ण पदाधिकारीहरुलाई बधाई तथा कार्यकालको शुभकामना मन्तब्य दिदै हामी भगवान  बुद्धको सनतान भएको कारण बुद्ध जस्तै बुद्धिमान भएर मुलबासी मंगोलको हक अधिकारको लागी एकटा बद्द  भएर लाग्न आह्वान गर्नुभएको थियो  । अ
    तिथि केन्द्रिय सदस्य जयबहादुर सारु मगरले मंगोलको बाहुल्यता रहेको रोल्पामा कार्यक्रम गर्न पाउदा अत्यन्तै खुसी भएको र आगामी दिनमा  मंगोल मुक्तिको आवाज अझै ब्यापक हुदै जाने भएको हुदा सबैलाई मंगोल अभियानमा लागेर सहयोग गर्न अपिल  गर्नुभएको थियो ।
    Loading...