८ वर्षीय बालकको अपहरणपछि हत्या, गोंगबुमा शव भेटियो

गोंगबु मा ८ वर्षीय बालकको अपहरणपछि हत्या भएको छ । दुई दिनअघि हराएका प्रयास कुँवरको अपहरणपछि हत्या भएको हो । प्रयासको शव म्हेपी काठमाडौंमा भेटिएको महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले जानकारी दिएका छन ।
प्रयास कुँवरको बुबा प्रवीणले सञ्चालन गरेको स्वस्तिका त्रिवेणी गेस्ट हाउसबाट अचानक हराएका भएका प्रयासको खोजीमा प्रहरी ब्यापक लागेको थियो । तर, बिहीबार झोलामा पोको पारेको अवस्थामा उनको शव म्हेपी काठमाडौंमा भेट्टिएको हो । प्रहरीले घटनामा संलग्न भएको आरोपमा एक जनलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाका महेन्द्र SK रहेका छन् ।
उनी होटलका ड्राइभर हुन् । एक महिनाअघिबाट मात्रै उनी होटलमा ड्राइभर काम गर्न थालेका थिए । बालकको अपहरणपछि फिरौती वा अन्य कुनै माग भने गरिएको थिएन । प्रहरी स्रोतका अनुसार मालिकले निकालिदिन्छु भनेर पटकपटक गाली र धम्की दिएपछि अपहरण गरेको SKले प्रारम्भिक बयान दिएका छन् । यद्यपि, के कारण हो भन्ने प्रस्त भइसकेको छैन । प्रयास कुँवर टाउन प्लानिङको वेलमेन्ट इन्टरनेश्नल स्कुलमा कक्षा १ का विद्यार्थी थिए ।
