• Recent

    डा. दुर्गा थापा (पुन) मगर बनिन नेपाल प्रहरीको पहिलो महिला एआइजी


    २८  कात्तिक
     म्याक्सन टिभि नेपाल काठमान्डौ
    डा. दुर्गा थापा (पुन) मगर नेपाल प्रहरीको  एक उच्च अधिकृतमा  महिला एआइजी सफल हुनु भएको छ । प्राविधिकतर्फ प्रहरी अस्पताल महाराजगञ्जमा कार्यरत डिआइजी डा. दुर्गा थापा एआइजि बन्न सफल भएकी हुन् ।
    उहा लाई  आइजिपी सर्वेन्द्र खनालले मंगलबार एआइजीको दर्ज्यानी चिन्ह लगाइदिएपछि नेपाल प्रहरीले महिला एआइजी पाएको हो । नेपाल प्रहरीको सर्वोच्च पदमा पुग्ने डा  दुर्गा थापा (पुन) मगर नै पहिलो महिला हुनुन्छ । 

    यसअघि नेपाल प्रहरीमा डिआइजीसम्म महिला अधिक्रित  पुगेका थिए।  पार्वती थापा र विमला थापा सात वर्षअघि डिआइजीमा बढुवा भएका थिए । उहाहरुको  अवकाश सोही पदबाटै भएको थियो 
    एआइजी डा. थापालाई मन्त्रीपरिषदको कात्तिक २५ गतेको निर्णयअनुसार एआइजीमा बढुवा गरिएको हो । 


    उक्त अवसरमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले डा थापालाई बधाई तथा शुभकामना दिँदै पदोन्नति पछिको योगदान अझै बढी महत्वपूर्ण हुने भएकोले अस्पतालको व्यवस्थापन र स्तरोन्नतिका लागि अग्रसर हुनु पर्ने बताउनु भयो । 
    नेपाल प्रहरी अस्पताललाई नेपालमै रहेका अस्पतालमध्ये उत्कृष्ट अस्पतालका रुपमा स्थापित गर्नु पर्ने आवश्यक उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले नेपाल सरकार तथा संगठनले लिएको नीतिलाई कार्यान्वयन गर्दै पारदर्शी रुपमा अस्पतालको कार्यसम्पादन हुने विश्वास समेत व्यक्त गरेका थिए। 
    एआइजी डा  दुर्गा थापा (पुन) मगरले अस्पताललाई आधुनिक, अनुशासित र कार्यरत कर्मचारीहरुको मनोबल उच्च राखी सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक सम्पन्न गर्ने बताउनु भयो । नेपालमा महिला जागर र शशक्तिकण का मुद्दा शसक्त रुपमा उठिरहेको सन्दर्भमा  सुरक्षा निकायमा पनि महिलाको प्रवेश बढ्दै गइरहेको बेलामा थापाको पदोन्नतीले थप उत्साह र हौसला बढ्ने विश्वास गरिएको छ ।
    Loading...