• Recent

    डडेल्धुरामा स्कुल बस दुर्घटना, कम्तिमा १६ को मृत्यु

    २०७५ मंसिर ६ बिहीबार डडेल्धुरा ।
    केही बेर अगाडि  सुदुरपस्चिम डडेल्धुरा जिल्लामा डडेल्धुराबाट डोटी जाँदै गरेको बस दुर्घटना हुँदा १६ जनाको मृत्यु भएको  खबर प्राप्त भएको छ   ।
    जिल्ला प्रहरी कार्यलय डडेल्धुरा का अनुसार  डा. केआई सिंह राजमार्गअन्तर्गत डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका–११ रडुवा खोलामा से १ क २९३ नम्बरको बस खस्दा १० जनाको घटनास्थलमा र ६ जनाको जिल्ला अस्पताल डडेल्धुरामा मृत्यु भएको हो । 
    आज  बिहीबार बेलुकी  अमरगढी नगरपालिका–८ स्थित उग्रताराको मन्दिरमा लागेको मेला भर्न आएकाहरुले स्कुल बस लिएर आएका थिए  मेला भरेर फर्किने क्रममा  डोटीको शिखर नगरपालिका १० को पिसजोन विद्या निकेतन को  स्कुल  बस दुर्घटनामा परेको हो ।    प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले दुर्घटनामा १६ जनाको मृत्यु भएको पुष्टि गरेका छन ।    बस सडकबाट झन्डै  ३ सय मिटर तल  खसेको  थियो । घाइते हरुको जिल्ला अस्पातलमा उपचार भाईरहेको छ ।
    Loading...