• Recent

    म नेपाललाई गौरवान्वित बनाएरै छाड्ने छु : श्रृंखला खतिवडा (भिदियो स हित )

    २०७५  मंसिर,१५
     चीनमा भाईरहेको  MISS World 2018  प्रतियोगिता अन्तरगत  नेपाली चेली  श्रृंखला खतिवडा समूह बिजेता हुँदै ‘हेड टु हेड च्यालेन्ज’को टप २० मा छनोट भएका छन । आफ्नो समूहमा रहेका बोज्निया अर्जेन्टिना,  हर्जगोविना, गोआ, माल्दोभ र लक्जेम्बर्ग लगायताका सुन्दरीहरुलाई भोट मार्फत् उछिन्दै उनी दोस्रो चरणमा पुगेकी हुन् ।

     श्रृंखलाले एक भिडियो पोष्ट गर्दै आफूलाई समूह बिजेता बनाएकोमा सबैलाई धन्यवाद दिएकी छन् । दोस्रो चरणको  लागि तयार रहेको पनि उनले बताएकी छन् ।उनले भिडियोमा भने ‘म नेपाललाई गौरवान्वित बनाएरै छाड्ने छु ।
    प्रतियोगितामा सहभागीहरुलाई २० समूहमा बाँडेर हरेक समूहबाट एक-एक जना छानिएको हो । यसरी छानिएका २० जनाले मिस वर्ल्डको टप ३० मा आरक्षित १० सिटको लागि प्रतिस्पर्धा गर्नेछन् । उनीहरुले अब एउटा पि्रजेन्टेसन दिनुपर्छ र त्यसैको आधारमा हेड टु हेडको टप १० मा पुगेपछि मिस वर्लडको टप ३० मा पुगिन्छ । श्रृंखला मल्टिमिडिया अवार्डको पनि बलियो दाबेदार छिन् ।

    मल्टिमिडिया अवार्डको लागि आगामी डिसेम्बर ८ सम्म भोटिङ हुन्छ । यो अवार्ड जितेमा पनि उनी फाइनलमा प्रवेश गर्छिन् । मल्टिमिडिया र हेड टु हेड च्यालेन्जसँगै ‘ब्यूटी विथ प्रपोज’ मा पनि श्रृंखलाको बलियो उपस्थिति छ । श्रृंखलालाई मोबस्टार एप डाउनलोड गरेर भोट गर्न सकिन्छ भने फेसबुकमा उनको आधिकारिक पेजमा लाइक तथा कमेन्ट गर्दा पनि उनको भोट बढ्छ । यस्तै मिस वर्ल्ड को आधिकारिक पेजबाट पनि भोट गर्न सकिन्छ ।   भिदियो हेर्नुस्   : 
    Loading...