• Recent

    यस्तो पुल बनाएका पप्पु कन्स्ट्रक्सनलार्इ सरकारले लियो एक्सन

    काठमाडौं  २०७५  मंसिर
    नेपाल सरकारले  निर्माण जगतमा ठुलो हिस्सा ओगतिरहेको पप्पु कन्स्ट्रक्सन निर्माण कम्पनीलाई सम्पूर्ण टेण्डर प्रक्रियामा भाग लिन रोक लगाएको छ । ठेक्का सम्झौता अनुसार समयमै काम नसकेको भन्दै कोस्टाले पप्पु जेभीलाई कालोसूचीमा राख्न सिक्टा सिंचाइ आयोजनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयलाई सिफारिस गरेको थियो ।

    मन्त्रिपरिषद्को  कार्यालयले पप्पु कन्स्ट्रक्सनलाई  सिक्टाको सिफारिस बमोजिम कुनै पनि टेण्डर प्रक्रियामा स ह भागी  हुन  नपाउने गरी रोक लगाइएको हो ।  सूचनामा सिक्टा आयोजनाले गरेको उजुरी अध्ययन गर्दा पप्पु कन्स्ट्रक्सनलाई तत्काल अन्य खरिद कार्यको जिम्मेवारी दिँदा देश्लाई लाई थप  नोक्सानी पर्न सक्ने देखिएको थियो   ।  त्यसबाट आम नेपाली जनताको जीवनस्तरमा समेत नराम्रो असर पर्ने सम्भावना देखिएको सूचनामा लेखिएको छ । कालोसूचीबाट नहटेसम्म पप्पुलाई कुनै पनि सार्वजनिक खरिद प्रक्रियामा सहभागी नगराउन  मन्त्रिपरिषद्को कार्यालयले आग्रह गरेको छ ।

     सिक्टा आयोजनाले २९ कात्तिकमा  निर्माणको काम समयमै नसकेको भन्दै निर्माण कम्पनी कोस्टाल पप्पु जेभीसँगको ठेक्का सम्झौता तोड्दै कालोसूचीमा राखेको थियो ।पप्पु कन्स्ट्रक्सनले सन् २०१६ जुन २० मा उक्त आयोजनाको २३ किमीकाे डुडुवा शाखा नहर निर्माण गर्ने ठेक्का पाएको थियो  तर पप्पु कन्स्ट्रक्सनले ठेक्का सम्झौता अवधि सकिँदा समेत जम्मा ७ प्रतिशत मात्र काम सकेको आयोजनाले जनएको छ।

    केही समय अगाडि पप्पुले कम्जोर निर्माण सामाग्री प्र्योग गरेको कारण  बर्दियाको जब्दीघाट पुल  उदघाटन नहुँदै भत्किएको थियो । सडक विभागको तथ्यांकअनुसार सडकका अधिकांश पुलको ठेक्का पप्पु कन्स्ट्रक्सनले हात पारेको थियो । अधिकारीहरुका अनुसार पप्पु कन्स्ट्रक्सनले बनाउनु पर्ने सबै पुलको लम्बाइ जोड्ने हो भने 7KM  भन्दा बढी रहेको सडक विभागका  सँग रेकर्ड छ  । यसरी काम काम जिम्मा लिएर बिभिन्न बहना बजी गर्दै  समयएमा नसक्ने फेरी ठेक्का लिने  लापरबाही रोक्न सर्काले चालेको यो कदम लाई सन्जाल्मा  सकरात्मक रुप्मा लीएको  छ जुन काम सम्पन नगरने र कम्जोर सङ्रचना बनाउने सबै निर्माण कम्पनिमा लगाउन जरुरी छ
    Loading...