• Recent

    निर्मला पन्तका बुबालाई उपचारका लागि काठमाडौं ल्याइयो : एस्तो छ अहिलेको अवस्था


    २०७५  मंसिर ९
     बलात्कार पछी हत्या भएको  कञ्चनपुरका बालिका  निर्मला पन्तका बुबा यज्ञराज पन्त उपचारका लागि काठमाडौं आइपुगेका छन् ।  निर्मलाका बुबा यज्ञराज पन्त लाई आइतबार साँझ काठमाडौंको त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको हो  ।
     न्याय माग्दै धर्नामा रहेका  यज्ञराज पन्त को स्वास्थ्यमा समस्या आएकोले  उपचारका लागि काठमाडौं ल्याइएको हो । यज्ञराजपन्त  सँगै निर्मलाकी आमा दुर्गादेवी पन्त ,आफन्त  पनि काठमाडौं आएका छन् । पन्तलाई जहाजबाट ल्याउने तयारी गरिएको थियो तर हवाइजहाजले ल्याउन नमानेपछि पन्तलाई शनिबार साँझ गाडी बाट काठमाडौं ल्याइएको थियो  ।
    महेन्द्रनगरबाट धनगढी ल्याउँदासम्म यज्ञराजले गाडीमा निरन्तर  एकोहोरो बोल्ने छटपटाउने गरेका थिए  त्यसपछि धनगढी मा रेहेको  सेती अञ्चल अस्पतालमा लठ्याउने सुई लगाएपछि उनी  सुतेका थिए  आइतबार साँझ औषधीले काम गर्न छाडेपछि फेरि समस्या दोहोरिएको परिवारले जानकारी दिएका छन  । यज्ञराज पन्तको अहिले ट्रिबी  शिक्षण अस्पताल महाराजगन्जमा डाक्टरको निगरानीमा बिशेष उपचार भइरहेको छ ।
    Loading...