• Recent

    धनमाया दिसुवा मगर बनिन् पाल्पा लाेक अार्इडल (भिडीयाे सहित)

    २०७५  मंसिर ८, पाल्पा Maxon TV Nepal
     श्रीनगर सामुदायिक टिभी  द्वारा आयोजना भएको बहुचर्चित  पाल्पा लोक आईडलको फाईनल नतिजा आएको छ जस्मा  विजेता पाल्पा निस्दिकी धनमाया दिसुवा मगर  बनेकि छिन् । पाल्पा अार्इडल उपाधी बिजेता धनमायाले एक लाख नगद र प्रमाणपत्र प्राप्त गरेका थिए  । पाल्पा लोक आईडल प्रतियाेगिताकाे फस्ट रनरअप कमल नेपाली र रेकेण्ड रनर अप अाेमप्रकाश सिंजाली मगर भएका छन  ।

     नैना परियार, ओम प्रकाश सिंजाली  कमल नेपाली, दिलिप मानन्धर  धनमाया दिसुवा उत्कृष्ठ पाँचमा परेका थिए । आईडलमा पाल्पासँगै स्याङ्जा, गुल्मी, तनहुँ, पर्वत, काठमाण्डौं, धादिङ्ग, जाजरकोट, रुपन्देही र नवलपरासी जिल्लाका लोक प्रतिभावन हरुको  सहभागीता रहेको थियो । कार्यक्रममा लोकगायक पुरुषोत्तम गैरे र प्रेम लामिछाने मगरले निर्णायकको भूमिका निर्वाह गरेका छन् । हेर्नुस् भिदियो : 
    Loading...