• Recent

    अफगानिस्तानको काबुल आक्रमणमा ११ नेपाली घाइते

    २०७५ मंसिर १४ ,
    तालिवानले अफगानिस्तानको काबुलमा फेरी भयानाक  बम विस्फोट गराएको छ  । बम विस्फोट परी घाइते १६ मध्ये ११ नेपाली भएकोबिबी सि ले जनाएको छ  । जीफोरएसको कार्यालय परिसरमा बुधबार भएको  बम विस्फोटमा  १० जनाको मृत्यु भएको थियो भने १६ जना घाइते भएका थिए ।

    घाइतेमध्ये ११जना  नेपाली र ५ बेलायती नागरिक रहेको बीबीसीले ले बताएको  छ । मृतक १० मध्ये नेपालीको भने ज्यान गएको छैन उनिहरु  घाइते मात्रै भएका छन् । अफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयले घटनामा नेपाली घाइते भएको पुष्टि गरे पनि उनीहरुको परिचय अनी  हालको उनिहरुको अवस्था भने खुलाएको छैन । घाइते नेपालीहरु ब्रिटिस सुरक्षा कम्पनी जीफोरएसमा कार्यरत रहेका  थिए ।

    अधिकारीहरूका अनुसार, कार बम  बर्षाएपछो  पाँच सशस्त्र आक्रमणकारीहरू जीफोरएस परिसरमा प्रवेश गरेका थिए । त्यसपछि दोहोरो  भिडन्त  भएको थियो । घटना घतेको बेलामा  समयमा  त्यहा  ३ सय ३० जना  रहेको  जस्मा  अधिकांश विदेशी रहेको बताइएको छ । उक्त  आक्रमणको जिम्मा तालिवानले लिएको छ ।

    अफगानिस्तानमा नेपाली आक्रमण मा  परेको यो पहिलो घटना भने होइन ।  यसभन्दा पहिला  काबुलको  आक्रमणमा १२ जना  नेपाली मारिएका थिए । नेपाल सरकारले रोजगारीका लागि अफगानिस्तान खुला नगरे पनि त्यहाँ ठूलो संख्यामा नेपाली छन् उनिहरु उज्वल भबिस्यको खोजिमा दलाल मार्फत   गैर कानुनी रुप्मा भारत र दुबइ हुँदै त्यह पुग्ने गर्दछन   । त्यहा कती नेपाली छन भन्ने  यकिन तथ्यांक सरकार सँग छैन  । 
    Loading...