मन्त्री विष्टको वैदेशिक रोजगार विभागमा एक्सन

चितवन जिल्लाका पूजा तामाङ आफ्ना बिरामी पतिलाई साउदीबाट झिकाउनअनुरोध गर्न बुधबार सानो बच्चा च्यापेर वैदेशिक रोजगार विभागमा उपस्थितभएको थुप्रै दिन भएको थियो । म्यानपावर कम्पनी र विभागले अनेक प्र्कृया हुने बताउदै बहाना बनाइ धेरै दिनदेखि झुलाइरहेका थिए तर बुधबार भने पूजा तामाङ ले सम्बन्धित निकाएका बिशिस्त ब्यक्तित्व श्रममन्त्री गोकर्ण बिष्टलाई नै गुनासो सुनाउने माहोल बनेको छ । सरकारले जन अपेछ्या अनुसारको काम गर्न नसकेको भनी तिब्र आलोचना भईरेको बेलामा केही मन्त्री हरुले भने राम्रो काम गरी रहेको भनी सन्जालमा तारिफ गरिने मन्त्री हरु मध्ये नाम आउने मन्त्री हुन श्रम मन्त्री गोकर्ण विष्ट । श्रममन्त्री बिष्ट बुद्धनगरस्थित विभागको कार्यालयमा अनुगमनका लागि पुगेका थिए ।त्यही बेलामा पूजाको भेट मन्त्री बिष्ट सँग भएको हो । उनले सुरुमा मन्त्रीका सामुन्ने जाने अठोट गरिनन् । तर, पूजा सामुन्ने मन्त्री बिष्ट आफैं पुगे र सोधे– ‘तपाई के समस्या भएर आउनुभयो ? समस्या सुनाउन लागेकी मात्र थिए तर छेउमा रहेका उको श्रीमान लाई बिदेश पठाउने मेन पावरका मालिकले रोक्न खोजे ।
मन्त्री विष्टले पूजालाई सोधे, ‘श्रीमानलाई झिकाउन निवेदन दिनुभएको छ ? उन्ले निबेदन दिएको थुप्रै दिन भाईसक्दा पनि कुनै रेस्पोन्स नपाएको बताइन । तुरुन्तै मन्त्री विष्टले पूजाले दिएको निवेदनको दर्ता नम्बर तत्काल ल्याउन विभागका कर्मचारीलाई निर्देशन दिए ।
म्यानपावरका मान्छेलाई मन्त्री विष्टले सोधे, ‘तपाईंले कहिलेसम्म उहाँका श्रीमानलाई झिकाउनु हुन्छ ? म्यानपावरवाला अहदबडाउदै झन्डै एक महिना लाग्ने बताए । पूजाले आफ्ना श्रीमान बिरामी भएको र साह्रै आत्तिएको भन्दै तुरुन्त फर्काउन बेबस्था मिलाउन अनुरोध गरिन । मन्त्री विष्टले पनि प्अनी पूजालाई साथ् दिदै भने ‘किन चाहियो एक महिना ? ‘बच्चासहित धाइरहनुभएको छ, अलिकति पनि मानवीयता छैन ?’ मेनपावरवाला वहाना बनाउन खोज्दै थिए । तर, मन्त्री विष्टले झन् कडा हुँदै ‘अरु बेसी कुरा हैन’ भनेपछि उनी चुप भए । मन्त्रीले पूजाका श्रीमानलाई नेपाल झिकाउन तत्कालै पहल हुने बताए ।
मन्त्री बिष्टलाई ओखलढुंगाका दुर्गा कार्कीले पनि आफ्नो समस्या सुनाए मन्त्री बिष्टले सम्बन्धित पीडितहरुको को फाइल आफूसमक्ष ल्याउन कर्मचारीलाई निर्देशन दिए । त्यसैगरी बाग्लुङका इन्द्र कार्कीले पनि मन्त्रीसमक्ष आफ्ना गुनासो राखे । रसिया पठाउने नाममा बाग्लुङका एक दलालले उनीसँग ५ लाख ठगेका रहेछन् ।
उनले न्यायका लागि मन्त्रीसँग गुहार मागे । श्रम सचिव महेश दाहालले पनि उनको उजुरीलाई तत्काल दर्ता गरेर कारवाही अघि बढाउन निर्देशन दिए । मन्त्री बिष्टले अनुगमनका क्रममा विभागका कर्मचारीलाई परादर्शी ढंगले काम गर्न निर्देशन दिएका छन् । उनले भने हामी वैदेशिक रोजगार क्षेत्र व्यवस्थित गर्न आएका हौं, तपाईंहरु मिलापत्रका नाममा लाखौं ठगिएका व्यक्तिहरुलाई हजार क्षतिपूर्ति दिलाएर दोषीलाई उन्मुक्ति नदिनुस् पीडामा परेकालाई थप पीडित हुने गरी काम नहोस् । समस्या के–के छन् मन्त्रालयमा एकीकृत गरेर पठाउनुस्, तर, पीडितलाई न्याय दिन कदापी ढिलाइ नहोस् उनले विभागमापेन्डिङ रहेका सबै उजुरीहरुलाई तत्काल टुंगोमा पुर्याउन पनि निर्देशन दिए
हेर्नुहोस् भिडियो तल :
