• Recent

    छोरा प्रकाशको सम्झनामा भक्कानिँय प्रचण्ड (भिदियो सहित ) रोइरहिन् सीता दाहाल


    २०७५ मंसिर ३, काठमाडौं
    नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'  पुत्र प्रकाश दाहाल्को देहन्त भएको आज १ बर्ष पुगेको छ । नेकपा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'  छोरा प्रकाश दाहालको स्मृति दिवसमा बोल्दाबोल्दै भक्कानिएका छन् ।
    प्रकाशको पहिलो स्मृति दिवसका अवसरमा सोमवार आफ्नै निवास खुमलटारमा आयोजित कार्यक्रममा उपस्थित पाहुनाहरूलाई धन्यवाद दिने क्रममा मन नै थाम्ना नसकेर  प्रचण्ड भक्कानिएका हुन् ।  उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू सहित  अन्य पार्टिका नेता तथा शुभचिन्तक उपस्थित कार्यक्रममा गला अवरुद्ध पार्दै प्रचण्डले भने– 'यो उपस्थितिले हाम्रो परिवार, पार्टी र मलाई नयाँ ऊर्जा थपेको महसुस भएको छ । यो उपस्थिति राष्ट्रको हितमा निरन्तर लाग्ने प्रेरणा बनेको छ ।
     यस किसिमको सद्भाव, प्रेरणा र विश्वास हुँदैनथ्यो भने शायद हाम्रो परिवार नै विघटन भइसकेको हुनेथियो ।' प्रकाशको असामयिक निधनपछिको अवस्थालाई सामना गर्न सजिलो नभएको स्मरण गर्दै प्रचण्डले यसक्रममा  साथ, सद्भाव र हौसलाका लागि शहकर्मी  सबैलाई धन्यवाद दिए । उक्त सद्भावले परिवारमा शोकलाई शक्तिमा बदल्ने प्रेरणा मिलेको प्रचण्डको भनाइ थियो । छोरा प्रकाश को सम्झना गर्दै प्रचन्डले भने " उसँग  बालसुलभ कमी कमजोरी पनि थियो तर नजिकबाट नियालेको नाताले धेरै परिपक्व हुँदै गैरहेको थियो । भरोसा गर्न सकिने र जिम्मेवेरए बहन गर्न सक्ने हुँदै गैरहेको थियो  । प्रकाश दाहाल को गत वर्ष मंसिर ३ अर्थात् आजकै दिन हृदयाघातका कारण निधन भएको थियो ।
    कार्यक्रम मा प्रधानमन्त्री ओलिले अब बिगतलाई भुलेर नयाँ अध्याय सुरु गर्नु पर्ने भन्दै दाहाल परिवार प्रती सन्त्वना प्रकत गर्नु भएको थियो  हेनुस् भिदियो  : 
    Loading...