• Recent

    बादल गृहमन्त्री रहेसम्म निर्मलाको हत्यारा पत्ता लाग्दैन : गगन थापा


    २०७५ मंसिर  ५
     नेपाली कांग्रेसका प्रभाब्शाली युवा नेता  नेता गगन थापाले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ गृहमन्त्री पदमा रहेसम्म निर्मला पन्त बलातकार्पछी  हत्याको छानविन निष्कर्षमा नपुग्ने दाबी गरेका छन् ।  २०७५ मंसिर  ४ गर्ते   बुधबार महेन्द्रनगरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा नेता गगन थापाले  गृहमन्त्री बादल हजारौ निर्मलाका बुवाआमाहरु माथि कालो बादलका रुपमा मडारिरहेको पनि बताए  ।

    कार्यक्रममा नेता गगन थापाले   भने ‘ गृहमन्त्री बादलको क्षमतामा बादल लागेको भनी  सन्सद मा पनि मैले  भनेको  थिए  केही समय यता भइरहेका एकपछि अर्को  हिन्सा बलात्कार हत्या  जस्ता  घटनामा गृहमन्त्रीले राख्दै गरेको कुराहरु सुन्दा  गृहमन्त्री बादलको क्षमतामाथि मात्र होइन, निर्मला जस्ता सयौं निर्मलाका बुवाआमाहरुमाथि गृहमन्त्री बादल कालो बादलका रुपमा मडारिनुभएको छ । त्यसकारण जब सम्म एस्तो  कालो बादल हत्दैन पानी नै  पर्ने छैन  ।  पानी नपरेपछी  समाजमा रहेका  फोहोरहरु सफा हुदैन घुमाउरो पारामा थापाले भने ।

    सिंगो देश अपराधसित लड्न खोजिरहेका बेला गृहमन्त्रीले मात्र नभई जनताले समेत हारेको उनको भनाइ थियो  ।  उनले थपे  ‘गृहमन्त्रीलाई जिम्मेवारीबाट हटेर राजनीतिक पूर्वागृह नराखेर जनतालाई फेरि पनि यो सरकारले शान्तिसुरक्षा दिनसक्छ भन्ने कुराको विश्वास निर्माण गर्न माग गर्छु यो उहाँका निम्ति निजी दुःखद घटना होला तर, जन विश्वाश  जोडिने अवस्था आउँछ।

     कार्यकर्ता भेटघाटपछि  नेता गगन थापा धर्नास्थल  जिल्ला प्रशासन कार्यालय निर्मलाका बुवाआमा भेट्न  पुगेका थिए । अहिले  सरकारको नेतृत्व गरेकाहरुले नै निर्मला हत्या प्रकरण हलुका रुपमा  लिएको भन्दै उनले निर्मलाको न्यायका निम्ति सरकार र प्रतिपक्ष दलका नतोहरुलाई भेटेरै कुराकानी गर्ने बताए  । निर्मलाका परिवारलाई धर्ना स्थल मा भेट्दै गगन थापाले भने   तपाईहरु आफ्नो स्वास्थ्यको ख्याल गर्नुस्  न्यायको लडाइँमा मेरो पनि साथ छ  ‘तपाईहरुको सन्देश प्रधानमन्त्री ओली   र हाम्रो  सभापति र देउबा सम्म पुर्याउने छु  ।
    Loading...