• Recent

    निर्मला हत्या प्रकरणः फेरी ४ जनाको DNA रिपोर्ट पनि नेगेटिभ आयो

     कात्तिक, ३०
    निर्मला हत्या प्रकारणको समाचार अपडेट हुनासाथ हत्यारा पत्ता लाग्योकी भनेर सन्जाल्मा ब्याप्त चासो बिषय बन्छ हत्त्यारा छिटो भन्दा छिटो पक्राउ गरी सार्वजनिक गरियोस भन्ने जन चाहना छ ।  अधिकारिहरु भन्छन अब छिट्टै पत्ता लाग्छ तर बिडमबना  १३ वर्षीया कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा शंकास्पद मानिएका स्थानिय  थप  ४ जनाको DNA नतिजाको  रिपोर्ट पनि एक पछी अर्को गर्दै ‘नेगेटिभ’ आएको छ अर्थात  निर्मलाको ‘भजाइनल स्वाव’सँग मेल खाएन ।
     केही दिन अघि  शंकास्पद ४ जनाको डीएनए परीक्षणका लागि जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले  केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाएको थियो । । निर्मला पन्तको बलात्कारपछि हत्या  प्रकरणका अनुसन्धान अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी)  कृष्णराज ओझाले शंकास्पद चार  जनाको डीएनए पनि म्याच नभएको पुष्टि गरेका  हुन  । उहाले भनुभयो  "हामीले सरकारी वकिलको रोहवरमा डीएनए खोलेका थियौं  तर, मेल खाएन ।  शंकास्पदह रुको नाम भने सार्वजनिक गरिएको छैन
    उनिहरु ४ जना कञ्चनपुरका स्थानीय हुन् ।
    यसरी सन्कास्पद हरुको डि एन ए नमिल्दा ‘भजाइनल स्वाब’ सक्कली  हो त भन्नेमापनी प्रश्न पैदा भएको पाईन्छ  यसअघि कञ्चनपुर प्रहरी  नेतृत्वले स्थानीय दिलिपसिंह विष्टलाई फेक अभियुक्त बनाएर  रुपमा सार्वजनिक गरेको थियो । तर, उनको डीएनए पनि निर्मलाको भजाइनल स्वावसँग मेल  नखाएपछी उनी साधारण तारेख्मा रिहा भएका थिए  । तेस्पछी छान्बिन  समितिको निशाना  तत्कालिन प्रहरी प्रमुख डिल्लीराज विष्ट (हाल बर्खास्त), उनका छोरा किरण, भिमदत्त नगरपालिकाका मेयरका भतिजा आयुष विष्ट र चक्र बडुको डीएनए परीक्षण  तर्फ पर्‍यो तर उनिहरु सबैको नेगतिभ आयो  ।
     उता, निर्मलाका बुबा यज्ञराज पन्त र आमा दुर्गादेवी भने न्यायको माग गर्दै धर्ना बसिरहेका छन  । उनीहरु जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि  धर्ना बसेका हुन् ।   निर्मला पन्तको बलात्कारपछि हत्या भएको ३ महिना वितिसकेको छ तर, अझैसम्म हत्यारा पत्ता लाग्न सकेको छैन ।  घटनामा अनुसन्धान अधिकारीले कमजोरी गरेको भन्दै प्रहरी अधिकारीहरुलाई भने गरिसकेको छ  ।
    Loading...