• Recent

    दु:खद खबर : मगर चल्चित्र कर्मी सन्तोष सारु मगरको निधन

    कार्तिक २५
    छबी राना मगर । 
    म्याक्सन टिभी नेपाल  ।
    पोखरामा बसेर बिगत झण्डै दश बर्ष देखि चलचित्र क्षेत्रमा क्रियाशिल पाचथरका सन्तोष सारु मगरको अल्पआयुमै निधन भएको छ ।  केही दिन अगाडी यसै २०७५ सालको भाईटिका आफ्ना चेलीबेटी र परिवार संग मनाउन उनी गृहनगर पाचथर पुगेको थिए । आफ्नी दिदीको हातबाट भाईटिका लाउन पुगेका उनको दिदीले दिएको दिर्घायु कामना दैबले सुनेन यो दैब पनि कति निस्ठुरी  !

    पारिवारीक स्रोतका अनुसार भाईलाई भाईटिका लगाउन माइत आएकी दिदीलाई टिका लगाईसके पछि बुलकीपख घर छोडेर फर्किने क्रममा उनको छाती दुखेको थियो र साँझ घरमा छाती दुखेको छ भनी उनी सुतेका थिए तर उनी कहील्यै नउठ्ने गरी सुतेका रहेछन ।  सुतेको ठाउमा उनको मुखबाट
    फिज आएको देखेपछी परिवारले उनलाई अस्पताल पु¥याए तर डाक्टरले उनको हृदयघाटका कारण् मृत्यु भएको जानकारी दिएका थिए । 
    सन्तोष सारु मगर कुशल नृत्यकार,कोरियिग्राफर,सम्पादक,सिनेमाटोग्राफर तथा मगर चलचित्र कर्मी संघ कास्किको जिल्ला सदस्य समेट रहेका थिए ।नृत्यकार बाट फिल्मी जगतमा आफ्नो कारीएर सुरु गरेका उनले छोटो समयएमै  आफुलाई प्रबिधिक लाईनम समेत अब्बल बनाएका थिए । 
    मगर चल्चित्र कर्मी जगत्को लागी २०७५ सालको कार्तिक महिना निकै दुखद बन्न रह्यो ।  गत  कार्तिक ६   मगर चलचित्रकि नायिका तथा मगर विद्यार्थी संघ पाल्पाका निबर्तमान अध्यक्ष २१ बर्षिय रूपा थापा मगरको बिबाहको दुलान फर्काएर घर फर्किने क्रममा स्कुटर दुर्घटनामा ज्यान गएको थियो  ।
    दुखद खबर ले मर्माहत तुलाएको छ सोक सम्तप्त परिवारमा धैय धाराना राख्ने शक्ती मिलोस मृत आत्मा पर्ती हार्दिक श्रदान्जली ।
    Loading...