• Recent

    The Voice of Nepal बाट बाहिरिदाको क्षण भन्दा शुभचिन्तकको म्यासेजले भाबुक बनाउछ : रित राना मगर

    मङ्सिर ३  :
    The Voice of Nepal को ब्लाईन्ड अडिसनमबाट धमाकेदार प्रस्तुती दिएर सनुपको टिममा ईन्ट्र भएकी बीरगंजकी रित राना मगर  टप २४ को भोटिड़ राउण्डबाट बाहिरिएकी छिन् । ब्याटल राउण्डमा टिम सनुपबाट बाहिरी सकेकी रितलाई स्टिल गरेर टिम अभयले लाईभ राउण्डमा पुराएकी थिईन ।
    पहिलो लाईभ राउण्डमा बेजोड  प्रस्तुती दिएर लाखौ दर्शक श्रोताहरुको मन जितेकी  रित  भोटिड़ राउड पार गरि टप २४ मा प्रबेश गरेकी थिईन । टप २४ को भोटिड़ राउण्डमा बिपक्षी प्रतिसपर्धी श्रेया राई को भन्दा काम भोट् भएकोले उनी बाहिरिन पुगेकी हुन  । सानै देखि गायनमा रुची भएकी रितले स्कुलको हरेक कार्यक्रमहरुमा गीत गाउने गरेको बताउछन  ।
    एस.एल.सी पछि रेडियो बीरगंजमा रेडियो जक्की(RJ) र टेक्निसियनको रुपमा काम गरिसकेकी रितले प्लस टु (+2 Management) पनि बीरगंजमै गरेकी हुन् । २०७१ सालमा उच्च शिक्षाको लागी काठमान्डौं आएर स्नात्तक तह गर्दै सामाजीक कार्यमा ब्यस्त भईन । हाल भक्तपुरको लोकनथलीमा आफ्नो भाई संग बस्दै आएकी रित Sociology मा स्नाकोततर गर्दै UCMAS Multinational भन्ने समाजिक संस्थामा कार्यरत छिन् ।
     उनका परिवार भने सिम्राह मा छन् । अबको यात्रा आफ्नो पढाईलाई पुरा गर्ने र संगीत पनि सिक्दै जाने योजना रहेको उनी बताऊ छिन् । कोचहरुबाट मिठो स्वरको प्रसंसा पाएकी रितले कुनै संगीतको प्रशिक्षण बिना आफ्नै क्षमताले यहॉ सम्मको यात्रा तय गरेकी थिईन । उनको आवाजले लाखौ दर्शकको मन पगालेको छ ।

     उनी भन्छन  ‘The Voice Of Nepal को मंचबाट बाहिरिदाको क्षणले भन्दा दर्शक श्रोताको माया हौसला र आत्माबल बढाउने म्यासेजले भाबुक बनाउ छ  ।  द भ्वईसको यो प्लेटफर्मबाट धेरै कुराको ज्ञान लिने अवसर पाएको छु । अगामी दिनमा छिट्टै म्युजिक भिडियो तयारी गर्ने योजना रहेको बताएकी छिन् ।
    भिदियो  हेर्न तल जानुस्  :
    Loading...