• Recent

    २ महिनामा मेलम्चीको पानी आउँदैन : राष्ट्रिय सरोकार तथा समन्वय समिति

    २०७५ मङिर १८  काठमाडौं
    राष्ट्रिय सरोकार तथा समन्वय समितिले खानेपानी  मन्त्री तथा  सचिवले भने जस्तो ६० दिनभित्र अर्थात २ महिनामा मेलम्चीको पानी काठमाडौंमा नआउने बताएका छन  ।
    समितिले  मेलम्ची खानेपानी आयोजना निर्माणस्थल सुन्दरीजलकोे अनुगमन गरेर  तत्काल मेलम्चीको पानी काठमाडौं आउने सम्भावना नरहेको ठोकुवा गरेको हो । 

    २०७४ चैत ८ गते काठमाडौंमा आयोजित कार्यक्रममा खानेपानी तथा सरसफाई मन्त्री विना मगरले दसैँ अगाडि नै मेलम्चीको पानी काठमाडौं आउने ठोकुवा गर्नुभएको थियो ।
    त्यसैगरी खानेपानी सचिव गजेन्द्रकुमार ठाकुरले ६० दिनभित्र  सबै प्राविधिक काम सकेर मेलम्चीको पानी टनेलमा हाल्ने र त्यसको ६ दिनभित्र काठमाडौंको घरघरमा पानी पु¥याउने दाबी गर्नुभएको थियो ।
    एध्यपी जनताले भने नेता तथा खानेपानी अधिकारीहरुका एस्ता  आश्वासअन हाज्मोला  नखाइ पचाउनु पर्ने स्थिती हुँदै आइ रहेको छ 
    समितिले  अनुगमनका क्रममा अझै पनि २ किलोमिटर सुरुङको फिनिसिङ, २ वटा भेन्टिलेसन निर्माण, ९ हाइड्रोमेकानिक जडान, २ सय ४० मिटर सुुन्दरीजल सप्लाई पाईप जडान, 100 वटा विभिन्न उपकरण जडानलगायतका काम बाँकी रहेको जनाएको छ  ।
    आयोजनाले बाँकी रहेको काम कम्तीमा २०७५ चैतसम्म मा सक्ने लक्ष लिएको छ । मेलम्ची खानेपानी आयोजना निर्धारित समयमा सम्पन्न हुन नसक्दा पटक–पटक समय थप हुँदै आएको नौलो कुरा भने होइन  ।
    Loading...