• रवि ओड नेपाल आइडल बन्दा भारतमा रहेका बुवालाई भब्य सम्मान

    रवि ओड ले Nepal Idol Season-2 को उपाधि जितेपछि भारतको सुरातमा रहेका बुवालाई त्यहाँ रहेका नेपाली हरुले फूलमाला लगाउदै सम्मान गरेका छन। 

     धनगढी अडिसनबाट नेपाल आइडलमा प्रवेश गरेका रविले तीन प्रतिस्प्रधिलाई पछि पार्दै नेपाल आइडलको उपाधि हासिल गरेका हुन रवि ओड फिनालेमा पुगेका बिक्रम बराल, सुमित पाठक, अस्मिता अधिकारीलाई पछि पार्दै आइडल बनेका हुन  पहिलो नेपाल आईडलको उपाधी भने पोखराका बुद्ध लामाले जितेका थिए ।  

    रविले Nepal Idol Season-2 उपाधी जितेपछि  परिवारमा खुसीको उल्लास छाएको छ ।  भारतमा रहेका उनका आफन्त लगायत सम्पूर्ण शुभचिन्तक  नेपालीहरुले उनका बुवालाई भेटेर सम्मान गरेका हुन । रविको जितले सबै नेपालीहरुलाई खुसि बनाएको कुरा बताउदै भारतमा रहेका  नेपालीहरु जम्मा भएर खुसि मनाएका छन  । 

     फिनालेमा झापाका अश्मिता अधिकारी र सुमित पाठक क्रमस थर्ड रनरअप र सेकेन्ड रनरअप भए भने पोखराका बिक्रम फस्ट रनरअप भए । रविले बिभिन्न समयमा उत्कृष्ट्र प्रस्तुती दिदै सबैकाे मन जितेका थिए । 

    पुर्ख्यौली अछाम भएका रवि हाल कंचनपुर निवसि हुन । देशका बिभिन्न ठाँउमा भएकाे अडिसन देखि लामाे यात्रा पार गर्दै जजहरूकाे निर्णय र जनताले गरेकाे भाेटिङका माध्यमबाट ४ जना प्रतिस्पर्धी फिनालेमा पुगेका थिए । Visit For Nepali Tech information & updates

     Nepal Idol Finale बाट दाेस्राे नेपाल आइडल काे बन्छ भन्ने जिज्ञासा धेरैमा रहेकाे थियाे । जनताले पठाएकाे भोटिंग र जजहरुको आधार मानेर सबैभन्दा बढी जनताले पठाएको भोट पाउने प्रतिस्पर्धीलाई नेपाल आइडल घाेषणा गरिएकाे थियाे ।  
    यो पनि हेर्नुस (Watch this Video)