• Recent

    पाकिस्तानी सेनाको स्नाइपर आक्रमणमा भारतीय सेनामा कार्यरत दुई नेपालीको मृत्यु

    ११ पुस २०७५
    भारतीय आर्मीमा सुवेदार पदमा कार्यरत दुई नेपालीको पाकिस्तानी सेनाको आक्रमणमा परी मृत्यु भएको छ । 

    रुपन्देही जिल्लाको तिलोत्तमा-९  तुलसीपुरका सुवेदारद्वय गमरबहादुर थापा र रमन थापा मगरको भारतको कुपवाडा जिल्लामा परेको आक्रमणमा मृत्यु भएको भारतीय आर्मीले जनाएको छ ।
    उहाहरुको  शुक्रबार पाकिस्तानी सेनाको स्नाइपर आक्रमणमा परेका  श्रीनगरस्थित ९२ बेस अस्पतालमा लैजाने क्रममा निधन भएको हो । ४२ वर्षीय गमर बहादुर सन् १९९३ मा २/८ गोर्खा राइफल्समा भर्ती भएका थिए । उनका पत्नी र दुई छोरा छन् । 

    त्यस्तै, ३९ वर्षीय रमन सन् १९९६ मा भर्ती भएका थिए । रमनका सात वर्षीय एक छोरा छन् । भारतीय सञ्चार माध्यमले पाकिस्तानले युद्धविराम भंग गर्दै हमला गरेको जनाएका छन् ।