• Recent

    निर्मलाको हत्या समयमा ति 2 युवा हिरासत्मा थिएनन : प्रहरी

    २०७५ मङ्सिर २५  
    कंचनपुरकी बलात्कार पछी हत्या गरिएकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धान झनै  जटिल मोडमा पुगेको छ । १३ वर्षीया निर्मलालाई बलात्कारपछि हत्या गरिएको पाँच महिना पुग्नै लाग्दा पनि प्रहरी हत्यारा समात्न  सकेको छैन ।

     निर्मलाको शव भेटिए को स्थानबाटै प्रमाण नष्ट गर्न सक्रिय प्रहरीको अनुसन्धान निरन्तर विवादित बन्दै गएको थियो  ।  प्रहरिले हिरासतमा राखिका दुई किशोर निर्मला बेपत्ता भएको बेला  साउन १० गते कुुखुरा चोरेको अभियोगमा पक्राउ परेको देशका चर्चित मिदिया बाट समाचार प्रकासित भएका छन  ।

     तर  एस बारे प्रहरी ले भने  साउन ९ गते भीमदत्त नगरपालिका–१८ भगतपुरस्थित कुखुरा पसलबाट चोरी गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कुवेर कडायतका अनुसार प्रदीपलाई साउन १० गते बिहान ८ देखि १० बजेको समयमा पक्राउ गरी सोधपुपछि तत्कालै छाडिएको जनाएको छ  । 
    उनकै सूचनाका आधारमा  साउन १० गते साँझ विशाललाई पक्राउ गरी भोलिपल्ट छाडिएको रेकर्डमा देखिएको कडायतले बताए । ‘बिहान प्रदीपलाई सामान्य सोधपुछ गरेर छोडिएको बताएका छन ’ उनले भने, ‘विशाललाई भने त्यही दिन साँझ पक्राउ गरिएको रेकरड हामी सँग छ   ।
    कडायतका अनुसार कुखुरा चोरिएको भन्दै प्रहरीमा खबर गरेका भगतपुर निवासी पुनित चौधरी नआएपछि विशाललाई उनका बुबाको जिम्मा लगाएर छोडिएको हो । तर निर्मला बेपत्ता भएको भनिएको साउन १० गते दिउँसो २ देखि ३ बजेको समयमा उनीहरू दुवै प्रहरी नियन्त्रणमा नभएको  पाइएको छ । निर्मला हत्याको समयमा प्रदीप प्रहरीबाट छुटिसकेका थिए भने विशाल निर्मलाको हत्या भइसकेपछि मात्रै त्यही साँझ प्रहरीको   नियन्त्रणमा परेको प्रहरिले जनाएको छ  । 


    एसपी कडायतले मिदियामा हलला फैलिएसरी  घटना भएको भनिएको समयमा प्रदीप र विशाल दुवै प्रहरी नियन्त्रणमा नरहेको प्रस्त परेका छन  । प्रहरिका अनुसार  निर्मला पन्तको बलात्कार र हत्या भएको समयमा अहिले शंकास्पद देखिएका दुवै प्रहरी नियन्त्रणमा थिएनन्  उनले भने, ‘उनीहरूलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको छ ।’
     दुवै किशोरको डीएनए परीक्षण अहिले प्रहरीको विधि विज्ञान प्रयोगशालामा भइरहेको छ । अनुसन्धानका क्रममा हाल्सम्मा  २२ जना भन्दा धेरैको डीएनए परीक्षण भइसकेको छ  । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख डीआईजी निरजकुमार शाहीले घटनामा शंकास्पद अन्यबारे पनि अनुसन्धान भइरहेको बताए । अहिलेनै  उनी हरू नै अभियुक्त हुन् भन्ने अवस्था छैन’,  
    अनुसन्धानबाट ठोस प्रमाण नभेटिँदासम्म कसैलाई पनि घटनाको दोषी किटान गर्नु गलत हुन्छ । संघीय संसदको दिगो विकास तथा सुशासन समितिमा सोमबार  प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले हिरासतमा रहेका प्रदीप र विशाल निर्मलाको बलात्कार र हत्याका मुख्य आरोपी हुन सक्ने संकेत गरेका छन  । 
    खनालले कुखुरा चोरले निर्मलाको हत्या गरेन भनेर कसैले भन्न सक्दैन । कुखुरा चोर नराम्रो मान्छे हो पनि भन्न सकिन्न । कुखुरा चोर राम्रो हो भन्ने अवस्था पनि छैन । एक पटक कुखुरा चोर सधैँलाई कुखुरा चोर भन्नु पनि गलत हुन्छ’ खनालले सांसदहरूको प्रश्नको जवाफ दिँदै भनेका थिए ।निर्मलाको हत्या आफूले गरेको बयान प्रहरीसमक्ष दिएका प्रदीप र उनका साथी विशाल यो घटनाका मुख्य अभियुक्त रहेको तथ्य भने खनालले सांसदसमक्ष राख्न सकेनन् । 
    जिप्रका कञ्चनपुरले भदौ ४ गते गरेको पत्रकार सम्मेलनमा निर्मलाको हत्या साउन १० गते दिउँसो २ देखि ३ बजेको बीचमा भएको विवरण सार्वजनिक गरिसकेको छ । सेती अञ्चल अस्पताल धनगढीमा गरिएको पोस्टमार्टम रिपोर्टमा पनि निर्मलाको बलात्कार र हत्या त्यही समय आसापासमा भएको देखिएको छ ।